चीनमा ओपो रेनो ६ फाइभजी पर्पल पनि उपलब्ध हुने, रेनो६ जेड जुलाई २१ मा सार्वजनिक हुँदै

  • Technology Khabar | २१ असार २०७८, सोमबार

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्रान्ड ओपोले गत मे महिनामा ब्ल्याक, ब्लू र ग्रेडियन्ट कलरमा आउने घोषणा गरेको थियो।

अब भने उक्त डिभाइस चिनियाँ बजारमा चैथो रंग अर्थात् पर्पल भेरियन्टमा पनि उपलब्ध हुने भएको छ।

यो रंगको भेरियन्टलाई चीनमा पर्पल स्टार नाम दिइनेछ। यो मोडल स्पेशल एडिशन प्याकेजिङमा आउने र विशेषगरी महिला यूजरलक्षित तीन ओटा गिफ्टसहित उपलब्ध हुने बताइएको छ।

यसको ८ जीबी र्याम र १२८ जीबी आन्तरिक स्टोरेज भेरियन्टको मूल्य २७९९ चिनियाँ युआन अर्थात् ४३३ डलर तथा १२ जीबी र्याम र २५६ जीबी आन्तरिक स्टोरेज भेरियन्टको मूल्य ३१९९ चिनियाँ युआन अर्थात् ४९५ डलर तोकिएको छ।

यसैबीच आउँदै गरेको रेनो६ जेड ओपो थाइल्याण्ड पेजमा देखिएको छ। यो डिभाइस आगामी जुलाइ २१ मा सार्वजनिक हुने बताइएको छ। यसमा केही सामान्य कमीबाहेक सबै स्पेसिफिकेशन रेनो६ को जस्तै हुनेछ।

यसको स्क्रीन ६० हर्ज रिफ्रेश रेटको हुने तथा यसमा डाइमेन्सिटी ९०० को सट्टा ८००यू चिपसेट रहने बुझिएको छ। यसमा रेनो६ मा भएको ६५ वाट फास्ट चार्जरको सट्टा ३० वाटको फास्ट चार्जर रहने साथै यसको डिजाइन भने रेनो६ को जस्तै हुने बताइएको छ।

प्रकाशित: २१ असार २०७८, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार