चीनमा आफ्नो एपलाई रोक लगाएसँगै आम्दानीमा असर पार्ने डीडी ग्लोबल इंकको भनाई

  • Technology Khabar | २१ असार २०७८, सोमबार

काठमाडौं ।

चिनियाँ राइड हेलिंग कम्पनी डीडी ग्लोबल इंकले यसको एप्लिकेसनलाई चीनको एप स्टोरबाट हटाईएको रेगुलेटरी आदेशले आम्दानीमा असर पर्ने बताएकाे छ ।

कम्पनीले संयुक्त राज्य अमेरिकामा सूचीबद्ध भएलगत्तै चिनियाँ नियमकारी निकायहरुबाट आदेश पाएको थियो । कम्पनीले प्रयोगकर्ताको डाटा दूरुपयोग गरेको आशंकामा चीनमा अनुसन्धान शुरु गरिएको छ ।

आइतवारको साइबरस्पेस एडमिनिस्ट्रेशन अफ चाइना (सीएसी) को टेकडाउन आदेश नियामकले डीडीमा अनुसन्धान घोषणा गरेको दुई दिन पछि आएको हो ।

सो आदेश रअनुसन्धानले आगामी दिनमा कम्पनीको आम्दानी प्रभावित हुने डीडीले बताएको छ ।

गत बर्ष अलीबाबाको फिनटेक एन्ट ग्रुपद्वारा योजनाबद्ध ३४ अर्ब डलरको आईपिओको क्रममा पनि चिनियाँ नियमनकारीले अनुसन्धान गर्दै जरिवाना लगाएको थियो ।

पछिल्ला दिनहरुमा टेक जायन्ट चिनियाँ कम्पनीहरुलाई चीनले कडाई गर्दै लगेको छ ।

प्रकाशित: २१ असार २०७८, सोमबार

तपाइको प्रतिक्रिया