भारतमा शाओमी एमआई ११ अल्ट्राको रजिस्ट्रेशन खुला

  • Technology Khabar | २१ असार २०७८, सोमबार

काठमाडौं ।

शाओमीले भारतमा एमआई ११ अल्ट्राको रजिस्ट्रेशन खुला गरेको छ।

कम्पनीको उत्कृष्ट क्यामरा फोनमध्येमा एक रहेको यो स्मार्टफोन चीनमा सार्वजनिक भएको दुई महिनासम्म पनि भारतमा उपलब्ध गराइएको थिएन।

अहिले भने कम्पनीले रजिस्ट्रेशनमार्फत् निश्चित परिमाणमा यी फोनहरु उपलब्ध गराउने भएको हो।

शाओमीले एमआई ११ अल्ट्रा बिक्रीका लागि एउटा पेज नै बनाएर ट्विटर मार्फत् एउटा भारु १९९९ को गिफ्टकार्ड किनेपछि उक्त सेटका लागि योग्य हुने र ४००० रुपैयाँ बराबरको निशुल्क स्क्रीन परिवर्तन, फेन्सी उपहारहरु तथा टाइम्स प्राइममा वार्षिक सदस्यता पाउन सक्ने घोषणा गरेको छ।

कम्पनीको वेबसाइटमा उल्लेख भए अनुसार एमआई ११ अल्ट्राको मूल्य भारु ७४ हजार ९९९ रहेको छ। निश्चित क्रेडिट कार्डमार्फत् किन्नेले ५००० रुपैयाँ छुट पाउने पनि जनाइएको छ।

शाओमीले पहिले रकम जम्मा गरेर खरिदको प्रक्रिया पूरा गरेपछि फोन केही समयमा उपलब्ध हुने पनि जनाएको छ। तर यो फोनको वास्तविक खरिद बिक्री कहिले खुल्छ भन्ने खुलाइएको छैन।

प्रकाशित: २१ असार २०७८, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार