अमेजनका संस्थापक जेफ बेजोसले आज सीईओको पद छोड्दै

  • Technology Khabar | २१ असार २०७८, सोमबार
अमेजनका संस्थापक जेफ बेजोसले आज सीईओको पद छोड्दै

काठमाडौं ।

ईकमर्श जायन्ट अमेजनका संस्थापक जेफ बेजोसले आज सीईओको पद छोड्नेछन्। आज, अमेजन कार्यकारी एण्डी ज्यासीले उनको ठाउँमा सीईओको भूमिका लिनेछन्।

जेफले ठिक २७ वर्ष अगाडि यसैदिन १९९४ मा अमेजन कम्पनी सुरु गरेका थिए । अब भने उनी ५७ वर्षको उमेरमा पदबाट रिटायर हुन लागेका हुन् ।

कम्पनीले यस बर्ष फेब्रुअरीमा बेजोसले कम्पनीका मुख्य कार्यकारी अधिकृतको पदबाट राजीनामा गर्ने बताएको थियो तर मिति भने उल्लेख गरिएको थिएन।

कम्पनीले सीईओको पद छोडेपछि उनले कार्यकारी अध्यक्षको नयाँ भूमिका लिने बताएको थियो।

१३ लाख मानिस कार्यरत

बेजोसले आफ्नो अन्तरिक्ष अन्वेषण कम्पनी ब्लू ओरिजिनद्वारा सञ्चालित परोपकारी कार्य र वाशिङ्गटन पोष्टको निरीक्षण सहित अन्य प्रोजेक्टहरूको लागि अधिक समय हुने बताएका छन्। अमेजनले हाल विश्वभर १३ लाख मानिसहरूलाई रोजगार दिईरहेको छ र विश्वभरि लाखौं मानिस र व्यवसायहरुलाई सेवा गर्दछ।

जेफ बेजोसको सम्पत्ति

जेफ बेजोसको कुल सम्पत्तिको बारेमा कुरा गर्दा, उनीसँग १७७ अर्ब डलर बराबरको सम्पत्ति रहेको छ। जेफ संसारकै सबैभन्दा धनी मानिस हुन्। तर प्रो रिपब्लिका रिपोर्टका उनले अनुसार २००७ देखि २०११ सम्म कुनै कर भुक्तान गरेका थिएन।

यसैबिच कम्पनीले कोरोना महामारीको बेला धेरै विशेष नाफा कमायो। त्यस्ता धेरै व्यक्तिहरूले घरबाटै अनलाइन खरीद गरेकाले सन् २०२० मा कम्पनीको राजस्व ३८ प्रतिशतले बढेर ३८६ अर्ब डलर पुगेको छ।

अप्रिल २०२० मा, बेजोसले एक विज्ञप्ति जारी गरेर उनले ‘फिड अमेरिका’ लाई १० करोड डलर दिने बताएका थिए जुन एक नाफा नकमाउने संस्था हो र यसले अमेरिकाभर फूड बैंक र खाद्यान्न प्यान्ट्री चलाउँछ। एजेन्सीहरु

प्रकाशित: २१ असार २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...