पब्जीको भारतीय संस्करणद्धारा नयाँ रेकर्ड कायम, २४ घण्टामा सबैभन्दा धेरै डाउनलोड हुने गेम

  • Technology Khabar | २१ असार २०७८, सोमबार
पब्जीको भारतीय संस्करणद्धारा नयाँ रेकर्ड कायम, २४ घण्टामा सबैभन्दा धेरै डाउनलोड हुने गेम

काठमाडौं ।

ब्याटलग्राउन्ड्स मोबाइल इंडिया गेम आधिकारिक रूपमा भारतमा जुलाई २ मा सुरू गरेसँगै नयाँ रेकर्ड बनाएको छ । पब्जी मोबाइलको यो भारतीय संस्करणले डाउनलोड गर्ने सबै रेकर्डहरू तोडेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

यसको लन्चिङ्गको २४ घण्टामा, पब्जी अर्थात् ब्याटलग्राउन्ड्स मोबाइल इंडियाले फ्रि फायरलाई पछाडि पारेको छ ।यसले गुगल प्ले स्टोरमा सर्वाधिक कमाई गर्ने खेलको रेकर्ड राखेको हो।

अहिले सम्म यो खेल १ करोड भन्दा बढी पटक डाउनलोड गरिएको छ। यसको डाउनलोड तिब्र भएको हेर्दा पब्जीको भारतीय संस्करणका लागि प्रशंसकहरू यस खेलको लागि निकै उत्सुक रहेको अनुमान गरिएको छ।

यो खेल डाउनलोड गर्न तपाईको फोन एन्ड्रोइड ५.१.१ वा त्यसभन्दा माथिको एन्ड्रोइड फोन हुनुपर्दछ। फोनमा कम्तिमा २ जीबी र्याम समावेश हुनुपर्दछ।

यस खेलमा प्रयोगकर्ताहरूलाई नि:शुल्क रिवार्डहरु पनि दिइन्छ, जसले गर्दा खेलाडीहरूले यसलाई धेरै मन पराएको बताईएकोछ।

प्रकाशित: २१ असार २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...