
काठमाडौं ।
चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले आफ्नो नयाँ ब्रान्ड डिजो अन्तर्गत उत्पादन गरेको नयाँ फोनको परीक्षण थालेको छ। कम्पनीले गत हप्ता दुई ओटा वायरलेस इयरफोनहरु सार्वजनिक गरेको थियो।
डिजोले हालै ट्विटरमा एउटा पोस्टर शेयर गर्दै यो मोबाइल फोनका केही झलकहरु बाहिर ल्याएको छ।
पोस्टमा फोन स्पष्ट रुपमा देखिँदैन तर केही झलकबाट यो एउटा फिचर फोन भएको र यसमा पछाडि गोलो आकारमा क्यामरा र फ्ल्याश रहेको देखिएको छ।
Premium design coupled with the best features is just what you need to #BeDifferent.
Get the complete package, soon. Can you guess the product ?#DIZO #realmeTechLife pic.twitter.com/RHvNTJ0U6g
— DIZO (@DIZOTech) July 2, 2021
डिजोले यस फिचर फोनका बारेमा केही नबताए पनि यो गत मे मा एफसीसी सर्टिफिकेट पाएको डिजो ५०० हुनसक्ने आकलन गरिएको छ। यसको पछाडि डिजोको ब्रान्डिङ रहे पनि टिजरमा भने त्यसलाई देखाइएको छैन।
यसमा डुअल सिम सपोर्टका साथ टूजी कनेक्टिभिटी, माइक्रोएसडी कार्ड स्लट तथा १८३० एमएएचको ब्याट्री रहन सक्ने बुझिएको छ।
एफसीसीमा डिजो स्टार ५०० सँगै स्टार ३०० पनि सर्टफाइड भएको थियो जसमा २५०० एमएएचको ब्याट्री रहने र बाँकी स्पेशसिफिकेशन स्टार ५००कै जस्तो हुने अपेक्षा गरिएको छ।
प्रकाशित: २१ असार २०७८, सोमबार