
काठमाडौं ।
गोल्छा ग्रुपले टिचिङ्ग अस्पतालमा कोभिडका स्वास्थ्यकर्मीहरुलाई आइतबार सामसङको ३० वटा माइक्रोवेभ ओभन सहयोग गरेको छ।
गोल्छा ग्रुपका निर्देशक शीमा गोल्छाले समारोहमा त्रिभुवन विश्वविद्यालयका डीन, इन्स्टिट्युट अफ मेडिसिन, प्रोफेसर डा. दिव्या सिंह साहलाई ओभन हस्तान्तरण गरिन् ।
उक्त कार्यक्रम नेपाल स्वास्थ्यकर्मी संघ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्तपाल संगठनले आयोजना गरेको थियो ।
कार्यक्रममा गोल्छा ग्रुपका निर्देशक शीमा गोल्छाले भने, “हामी नेपाल स्वास्थ्यकर्मी संघ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्तपाललाई सहयोग गर्न पाउँदा निकै खुसी छौँ । हाम्रो यो सानो योगदानले कोभिड फ्रन्टलाइनका स्वास्थ्यकर्मीहरुलाई उनीहरुको खटिन पर्ने कठिन तथा व्यस्थ समयलाई राहतप्रदान गर्न मद्दत गर्नेछ भनेर हामीले महसुस गरेका छौँ । यी निःस्वार्थी र समर्पित स्वास्थ्यकर्मी प्रति कृतज्ञता व्यक्त गर्ने यो अवसर पाउँदा हामी कृतज्ञ छौँ ।”
प्रकाशित: २१ असार २०७८, सोमबार