मेगा बैंकले ल्यायो ‘मेगा मेडिकार्ड’

  • Technology Khabar | २० असार २०७८, आईतवार
मेगा बैंकले ल्यायो ‘मेगा मेडिकार्ड’

काठमाडौं ।

मेगा बैंकले अस्पतालको बिल तिर्न ‘मेगा मेडिकार्ड’ नामक आकर्षक सुविधा ल्याएको छ। आफ्ना ग्राहकलाई अस्पतालमा उपचार गर्न आवश्यक रकम उपलब्ध गराउने उद्देश्यले यो सुविधा ल्याएको हो।

सो सुविधाअन्तर्गत मेगा बैंकका क्रेडिट कार्ड सुविधा उपभोग गरिरहेकाले न्युनतम् २० हजारदेखि एक लाख ५० हजार रुपैंयासम्म क्रेडिट कार्ड (इन्स्टा–बाई) सुविधा १८ महिना सम्मको लागि उपभोग गर्न पाइने छ। यस व्यवस्थाले ग्राहकहरुलाई उपचारका लागि तत्कालै रकमको जोहो गर्न सहज हुने विश्वास बैंकले लिएको छ।

बैंकले ग्राहकहरुले आवश्यक कागजपत्र पेश गरेको २ दिनमै ग्राहकलाई यस सुविधा उपलब्ध गराउने व्यवस्था मिलाएको जनाएको छ।

बैंकका डिजिटल तथा इबैंकिङ्ग विभाग प्रमुख विश्व सिंहका अनुसार, यो सुविधाका लागि प्रक्रियागत शुल्क निःशुल्क गरिएको छ। क्रेडिट कार्डबापत लाग्ने शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।

बैंकबाट क्रेडिट कार्ड सुविधा प्रयोग गरिरहेका ग्राहकहरुले हेल्थ प्याकेज लिन चाहेमा त्यसको भुक्तानी गर्ने सुविधा समेत ल्याएको छ।

अस्पतालको बिल भुक्तानीका लागि बिरामीको परिवारलाई समेत नाता प्रमाणित प्रमाणपत्रका आधारमा रकम उपलब्ध गराइने बैंकको भनाइ छ। यसकारण यो सुविधा निकै सहज र प्रभावकारी हुने मेगा बैंकले जनाएको छ।

प्रकाशित: २० असार २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...