अमेजनलले नयाँ सीईओ एन्डी ज्यास्सीलाई ६१ हजार स्टक शेयर दिने घोषणा

  • Technology Khabar | २० असार २०७८, आईतवार

काठमाडौं ।

अमेजनले जेफ बेजोसको ठाउँमा आएका नयाँ सीईओ एन्डी ज्यास्सीलाई कम्पनीको ६१ हजार शेयर दिने घोषणा गरेको छ।

कम्पनीको दोस्रो सीईओका रुपमा जिम्मेवारी सम्हाल्दै गरेका ज्यास्सीलाई सोमबार उक्त परिमाणको शेयर दिइने भएको हो।

उक्त शेयरले विश्वका शीर्षमध्ये एक प्रविधि कम्पनीको उच्च स्तरको नेतृत्व बदलावको सम्मानको संकेत गर्दछ।

सन् १९९४ मा अमेजन स्थापना गरेका जेफ बेजोस हाल विश्वकै सबैभन्दा धनाढ्य व्यक्तिका रुपमा रहेका छन्। ब्लूमबर्गका अनुसार उनको कुल सम्पत्ति २ खर्ब डलर रहेको छ।

हाल उनले आफ्नो सम्पूर्ण कम्पनी अमेजन वेब सर्भिस शुरु भएदेखि काम गर्दै आएका भरपर्दा अधिकारीलाई सुम्पिने भएका हुन्। उनले अमेजनलाई व्यापारभन्दा अरु क्षेत्रमा पनि विस्तार गरेर कम्पनीको आम्दानी बढाउन मद्दत गर्दै आएका थिए।

बेजोसको छायाँ जस्तैगरी ज्यास्सीले अमेजनलाई कम्पनीहरुले आफ्ना कम्प्युटरसम्बन्धी कार्यभार चलाउन तथा अमेजनको डाटा सेन्टरमा त्यसलाई स्टोर गर्न सक्ने प्रविधि कम्पनीका रुपमा स्थापना गरे।

२००६ मा बनाइएकोउक्त कम्पनी अहिले अग्रणी छ भने गुगल तथा माइक्रोसफ्ट जस्ता कम्पनीले पछ्याइरहेका छन्।

प्रकाशित: २० असार २०७८, आईतवार

तपाइको प्रतिक्रिया