काठमाडौं ।
चिनियाँ टेक जायन्ट ह्वावेले यसै महिना ब्याण्ड ६ प्रो लगायत थुप्रै डिभाइसहरु सार्वजनिक गर्ने भएको छ।
धेरै जनाले पी५० सिरिजको प्रतिक्षा गरिरहेका बेला यसबाहेक अन्य उत्पादनहरु पनि सार्वजनिक हुने भएका हुन्।
ह्वावेसँग सम्बन्धित समाचार र विवरणहरु लीक हुने वेबो एकाउन्ट @菊厂影业Fans का अनुसार कम्पनीले ती उत्पादनहरु यसै महिना अर्थात् जुलाई मसान्तसम्ममा सार्वजनिक गर्ने योजना बनाएको छ।

सार्वजनिक हुने उत्पादनहरुमा ह्वावे ब्याण्ड ६ प्रो तथा ह्वावे चिल्ड्रेन्स वाच४एक्स प्रो पनि रहेका छन्।
ब्याण्ड ६ प्रो यसको स्ट्यान्डर्ड भर्सन सार्वजनिक भएको तीन महिनामा र चिल्ड्रेन्स वाच४एक्स प्रो यसको अद्धिल्लो भर्सन आएको १ वर्षमा आउन लागेका हुन्।
प्रकाशित: २० असार २०७८, आईतवार