
काठमाडौं ।
सामसङले आफ्नो आगामी अनप्याक्ड इभेन्ट अगस्ट ११ का लागि तय गरेको छ।
कम्पनीले आफ्नो आधिकारिक पोस्टर ह्याशट्यागसहित प्रचारमा ल्याएकाले यो इभेन्टमा महत्वपूर्ण घोषणा हुनसक्ने आकलन गरिएको छ।
जानकारी अनुसार उक्त इभेन्टमा एस पेन सपोर्टसहितको ग्यालेक्सी जेड फोल्ड३ लाई सार्वजनिक गर्ने योजनामा रहेको छ। यो डिभाइसमा ६.२३ र ७.५५ इन्चका गरी दुई ओटा सुपर एमोलेड डिस्प्ले रहनेछ।
गीकबेन्चमा देखिए अनुसार यसमा स्न्यापड्रागन ८८८ चिपसेटका साथमा १२ जीबी र्याम र एन्ड्रोइड ११ अपरेटिङ सिस्टम रहनेछ।
फोटोग्राफीका लागि पछाडिपट्टि १२-१२ मेगापिक्सेलको ट्रिपल क्यामरा सेट अप छ भने सेल्फीका लागि १६ मेगापिक्सेलको १६ मेगापिक्सेल अन्डरडिस्प्ले र कभर डिस्प्लेमा १० मेगापिक्सेलको शूटर राखिएको छ।
योसँगै सार्वजनिक हुने ग्यालेक्सी जेड फ्लिप३ मा पनि स्न्यापड्रागन ८८८ चिपसेटका साथमा ८ जीबी र्याम रहनेछ।
पावरका लागि २५ वाट वायर्ड तथा १५ वाट वायरलेस चार्जिङ सपोर्टसहितको ३३०० एमएएचको ब्याट्री दिइएको छ।
बाहिरपट्टि १.९ इन्च तथा भित्र १२० हर्ज रिफ्रेश रेटसहितको ६.७ इन्चको डिस्प्ले रहने छ। यसै इभेन्टमा ग्यालेक्सी वाच४ तथा बड्स२ पनि उपलब्ध गराइनेछन्।
वाच४ मा वेयरओएस तथा यूआई वाच इन्टरफेस रहनेछ।
बड्स२ को डिजाइन बड्स प्रो को जस्तै रहने र यसो मूल्य तथा अन्य फिचरको जानकारी भने उपलब्ध गराइएको छैन।
प्रकाशित: २० असार २०७८, आईतवार