भक्तपुरका ७६ स्थानमा सीसी क्यामेरा

  • Technology Khabar | २० असार २०७८, आईतवार
भक्तपुरका ७६ स्थानमा सीसी क्यामेरा
फाइल तस्बिर

काठमाडौं ।

भक्तपुर क्षेत्रलाई सुरक्षाका दृष्टिले चुस्त दुरुस्त राख्ने उद्देश्यले विभिन्न ७६ स्थानमा सीसीटीभी जडान गरिएको छ ।

कोटेश्वर जडीबुटीदेखि पलाँसेसम्मको राजमार्गमा ६४ र भक्तपुर महानगरीय परिसर आसपास भक्तपुरको भित्री सहरको आवागमनसमेत अनुगमन हुने गरी १२ स्थानमा सीसीटीभी जडान गरिएको हो ।

प्रहरी अतिरिक्त महानिरीक्षक हरिबहादुर पालले शुक्रबार एक समारोहबीच ‘सीसीटीभी मनिटरिङ’ सेवाको शुभारम्भ गरे।

भक्तपुरका प्रहरी उपरीक्षक तारादेवी थापाका अनुसार राजमार्ग क्षेत्रमा हुने गरेको आपराधिक क्रियाकलाप, सवारी आवागमनको अनुगमनलगायत राजमार्गमा हुने अवैध क्रियाकलापमाथि परिसरको अनुगमन कक्षबाट गहन रूपमा अवलोकन हुनेछ । गोरखापत्रबाट

प्रकाशित: २० असार २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार