नेटफ्लिक्सद्वारा सब-सहारा क्षेत्रका अफ्रिकी मुलुकमा मोबाइल-वन्ली योजना शुरु

  • Technology Khabar | २० असार २०७८, आईतवार
नेटफ्लिक्सद्वारा सब-सहारा क्षेत्रका अफ्रिकी मुलुकमा मोबाइल-वन्ली योजना शुरु

काठमाडौं ।

नेटफ्लिक्सले नाइजेरियालगायतका सब-सहारा क्षेत्रका अफ्रिकी मुलुकहरुमा नयाँ योजनाको घोषणा गरेको छ।

यो नयाँ योजना एउटा मोबाइल-वन्ली योजना हो जुन यो क्षेत्रमा उपलब्ध स्ट्रिमिङ सेवाहरुमध्येकै सबैभन्दा सस्तो मूल्यको हुनेछ।

यो घोषणा अघि नेटफ्लिक्सले नाइजेरियामा तीन ओटा योजना चलाएको थियो जसमा प्रतिमहिना २९०० नाइजेरियन नायरा अर्थात् ७ डलरमा बेसिक प्लान, ३४०० नायरा अर्थात् ९ डलरमा स्ट्याण्डर्ड प्लान तथा ४४०० नायरा अर्थात् ११ डलरमा प्रिमियम प्लान रहेका थिए।

बेसिक प्लान अन्तर्गत एउटा मोबाइल टीभी ट्याब्लेट वा कम्प्युटरमा ४८० पिक्सेल रेजोल्युशनको भिडियो उपलब्ध हुन्थ्यो।

यसैगरी स्ट्याण्डर्ड प्लानमा फुल एचडी भिडियो र प्रिमियम प्लानमा अल्ट्रा एचडी फोरके तथा एचडीआर कन्टेन्ट उपलब्ध गराउँदै आएको थियो।

यो नयाँ मोबाइल-वन्ली प्लानमा भने प्रति महिना १२०० नायरा अर्थात् ३ डलरमा भिडियो स्ट्रिमिङ सेवा उपलब्ध हुन्छ। यो मूल्य भनेको स्थानीय मोबाइल सेवा प्रदायकहरुले उपलब्ध गराउँदै आएको सबैभन्दा सस्तो मासिक डाटा प्लान सहरको हो।

नेटफ्लिक्सको मोबाइल प्लान मोबाइल वा ट्याब्लेटमा मात्र चल्ने तथा ४८० पिक्सेलको भिडियोहरु उपलब्ध हुनेछ। यूजरहरुले यस प्लान अन्तर्गत अफलाइन फिल्म डाउनलोड गर्न पनि सक्नेछन्।

यसबाहेक प्ले पार्शियल फिचर अन्तर्गत फिल्म डाउनलोड सकिनुअगावैदेखि हेर्न पनि सक्नेछन्।

प्रकाशित: २० असार २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • २० असार २०७८, आईतवार