चीनको सबै उपयोगकर्ता र सडकको डाटा चीनभित्रै स्टोर गर्ने गरेको डीडी ग्लोबलको भनाई

  • Technology Khabar | २० असार २०७८, आईतवार
चीनको सबै उपयोगकर्ता र सडकको डाटा चीनभित्रै स्टोर गर्ने गरेको डीडी ग्लोबलको भनाई

काठमाडौं ।

चीनको राइड हेलिङ्ग जायन्ट डीडी ग्लोबल इंकले सबै चिनियाँ प्रयोगकर्ता र सडकको डाटा चीनको सर्भरमा नै राख्ने गरेको बताएको छ। र कम्पनीले डाटा संयुक्त राज्यमा पठाएको आरोपमा यो सम्भव नभएको कम्पनीका वरिष्ठ कार्यकारीले शनिबार बताएका छन्।

डीडीका उपाध्यक्ष ली मीनले पनि चीनले ट्विटर जस्तो वेइबो प्लेटफर्ममा कसैले दाबी गरेपछि कम्पनीले हालको आईपीओ प्रक्रियाको बखत डाटा ट्रान्सफर गरेको भन्दै कुनै पनि सोशल मिडिया प्रयोगकर्तालाई मुद्दा चलाउने बताएको छ।

न्यु योर्क स्टक एक्सचेन्जमा कम्पनीले व्यापार सुरु गरेको दुई दिनपछि नै चीनको साइबरस्पेस एजेन्सीले राष्ट्रिय सुरक्षा र जनहितको रक्षा गर्न डीडीमा अनुसन्धान सुरु गरेको शुक्रवार घोषणा गरेको छ।

चीनको नियमनकारी निकायले डीडीलाई अनुसन्धानको क्रममा नयाँ प्रयोगकर्ताहरूलाई दर्ता गर्नबाट रोक्न लगाएको निर्णयले बेइजिङ्गस्थित डीडीको सेयरमा समेत असर पारेको छ।

‘विदेशमा सूचीबद्ध चिनियाँ कम्पनीहरूले जस्तै डीडीले पनि चीनमा सर्भरमा सबै घरेलु प्रयोगकर्ताको डाटा भण्डार गर्दछ, संयुक्त राज्य अमेरिकामा डाटा पठाउन बिल्कुल सम्भव छैन,’ लीले वेइबोको एक पोस्टमा भने।

डीडीले चीनसहित विश्वका १५ वटा देशहरुमा सेवा सञ्चालन गरिरहेको छ। एजेन्सी

प्रकाशित: २० असार २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...