Technology Khabar १९ असार २०७८, शनिबार
काठमाडौं ।
अमेरिकी फेडरल ट्रेड कमिशनले कम्प्युटर चिप आपूर्तिकर्ता ब्रोडकमलाई सेमिकण्डक्टर कम्पोनेन्टहरूका लागि बजारलाई अवैध रूपमा एकाधिकार बनाएको आरोप लगाएको छ
सो आरोपमा उक्त कम्पनीको विरुद्ध मुद्दा दायर गर्न आयोगले सर्वसम्मतिले मतदान गरेको थियो भने नवनिर्वाचित अध्यक्ष लीना खानले मतदानमा भाग नलिएको सिएनबिसीले रिपोर्टमा उल्लेख गरेको छ। सोही समयमा, आयोगले सार्वजनिक टिप्पणीको लागि ब्रोडकमद्वारा हस्ताक्षरित प्रस्तावित सहमति आदेश स्वीकार गर्न समेत मतदान गर्यो।
प्रस्तावित सम्झौताले ब्रोडकमलाई केहि ग्राहकहरूसँग बहिष्करण वा बफादारी सम्झौतामा प्रवेश गर्न निषेध गर्दछ र कम्पनीलाई एक्सक्लुसिभिटी वा लोयल कन्ट्याक्ट्रमा चिपहरूमा पहुँच गर्न सर्तहरु नराख्न आवश्यक पर्दछ। यसले आफ्ना प्रतिस्पर्धीहरूसँग कारोबार गर्ने ग्राहकहरू विरुद्ध बदला लिन ब्रोडकमलाई निषेध गर्दछ।
उता ब्रोडकमले आफ्ना उत्पादनहरु तथा गतिबिधिले कानून उलंघन नगरेको भन्दै एफटीसीको साथ यस ब्रोडब्यान्ड मामला सुल्झाउनको लागी खुसी भएको बताएको छ।
एफटीसीले एक विज्ञप्तिमा भनेको छ, “ब्रोडकम “पाँच प्रकारका चिपहरूका केही महत्वपूर्ण आपूर्तिकर्ता मध्ये एक हो।”
एफटीसीले आफ्नो उजुरीमा आरोप लगाएको छ कि ब्रोडकमले सेमीकन्डक्टर्स भनेर चिनिने कम्प्युटर चिप कम्पोनेन्टहरुका लागि बजारमा अवैधानिक एकाधिकार गर्न विशेष डिल प्रयोग गरेको छ, जसले टेलिभिजन र ब्रोडब्यान्ड इन्टरनेट प्रदान गर्दछ।
प्रकाशित: १९ असार २०७८, शनिबार