ब्याटलग्राउन्ड्स मोबाइल इन्डिया गेम सबै एन्ड्रोइड यूजरका लागि उपलब्ध, यसरी गर्नुहोस् डाउनलोड

  • Technology Khabar | १९ असार २०७८, शनिबार
ब्याटलग्राउन्ड्स मोबाइल इन्डिया गेम सबै एन्ड्रोइड यूजरका लागि उपलब्ध, यसरी गर्नुहोस् डाउनलोड

काठमाडौं ।

भारतमा पब्जीमाथि प्रतिबन्ध लागेपछि ल्याइएको ब्याटलग्राउन्ड्स मोबाइल इन्डिया गेम अब सबै एन्ड्रोइड प्रयोगकर्ताले डाउनलोड गर्न सक्ने भएका छन्। अब यो गेम डाउनलोड गर्नका लागि रजिस्ट्रेशन गरिरहनु पर्ने छैन।

पहिले यो गेम प्रि रजिस्ट्रेशनका लागि खुला गरिएको थियो भने त्यसपछि बिटा टेस्टरहरुका लागि उपलब्ध गराइएको यो गेम अब भने सबै एन्ड्रोइड प्रयोगकर्ताका लागि उपलब्ध गराइएको हो।

ब्याटलग्राउन्ड्स मोबाइल इन्डिया बीजीएमआई पब्जीकै निर्माता क्राफ्टनले भारतमा पब्जीमाथि प्रतिबन्ध लागेपछि उस्तै ग्राफिक्स र फिचरसहित भारतकै प्रयोगकर्ताका लागि भनेर बनाएको गेम हो। यसको साइज भने ७०० एमबी मात्रै रहेको छ।

कसरी डाउनलोड गर्ने?

  • प्लेस्टोरमा गएर ब्याटलग्राउन्ड्स मोबाइल इन्डिया सर्च गर्ने
  • ब्याटलग्राउन्ड्स मोबाइल इन्डिया डाउनलोड गर्ने
  • त्यसपछि एकाउन्ट डाटा ट्रान्सफरका लागि एउटा मेसेज पप अप हुन्छ
  • उक्त पप अपलाई एग्री वा एस गर्नुहोस्
  • अब पुरानो पब्जीको डाटा ट्रान्सफर गर्न ट्वीटर वा फेसबुकमार्फत् लग इन गर्नुहोस्
  • यसपछि पुरानो पब्जीको डाटा सजिलै नयाँ गेममा ट्रान्सफर हुन्छ
  • त्यसपछि सामान्य हिसाबले गेम खेल्नका लागि तयार हुन्छ

तर यो गेम हालका लागि एन्ड्रोइड यूजरहरुका लागि मात्र उपलब्ध छ। पब्जीको लोकप्रियतालाई मध्यनजर गर्दै यो गेम छिट्रै आईओएस प्रयोगकर्ताका लागि पनि उपलब्ध हुने अपेक्षा गर्न सकिन्छ।

यो पनि पढ्नुहोस्

ब्याटलग्राउण्ड्स मोबाइल इन्डियामा प्रि-रजिस्ट्रेशन गर्ने २ हप्तामा २ करोड नाघे 

ब्याटलग्राउन्ड्स मोबाइल इण्डियाको डाउनलोड भारतमा ५० लाख नाध्यो

प्रकाशित: १९ असार २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...