Technology Khabar १९ असार २०७८, शनिबार
काठमाडौं ।
चिनियाँ स्मार्टफोन कम्पनी वनप्लसले आफ्ना फ्ल्यागशिप फोनहरुमा ४ वर्षसम्म एन्ड्रोइड ओएस तथा सेक्युरिटी अपडेट उपलब्ध गराउने घोषणा गरेको छ।
यसरी एन्ड्रोइड ओएस तथा सेक्युरिटी अपडेटको विस्तार पाउनेमा वनप्लस ८ र त्यसपछिका टी सिरिज तथा आर मोडलका फ्ल्यागशिप स्मार्टफोनहरु रहेका छन्।
यसक्रममा वनप्लस नर्ड तथा नर्ड सीई डिभाइसमा भने दुई ओटा मुख्य एन्ड्रोइड ओएस अपडेट तथा ३ वर्षसम्म सेक्युरिटी प्याच अपडेट उपलब्ध हुनेछ।
नर्ड एन सिरिजमा एउटा मुख्य एन्ड्रोइड ओएस अपडेट तथा ३ वर्षसम्म सेक्युरिटी प्याच अपडेट उपलब्ध हुनेछ।
वनप्लस ८ सिरिज अगाडिका फ्ल्यागशिप फोनमा भने पुरानो योजना अनुसार दुई ओटा दुई ओटा मुख्य एन्ड्रोइड ओएस अपडेट तथा ३ वर्षसम्म सेक्युरिटी प्याच अपडेट उपलब्ध हुनेछ।
३ ओएस र ४ वर्षसम्म सेक्युरिटी प्याच अपडेट पाउनेहरु
२ ओएस र ३ वर्षसम्म सेक्युरिटी प्याच अपडेट पाउनेहरु
३ वर्षसम्म सेक्युरिटी प्याच अपडेट पाउनेहरु
प्रकाशित: १९ असार २०७८, शनिबार