टिभिएसको ‘साथ छ हाम्रो’ योजना सार्वजनिक, बाइक र स्कुटर किन्दा ८ हजारसम्म छुट

  • Technology Khabar | १९ असार २०७८, शनिबार
टिभिएसको ‘साथ छ हाम्रो’ योजना सार्वजनिक, बाइक र स्कुटर किन्दा ८ हजारसम्म छुट

काठमाडौं ।

टिभिएसले ‘साथ छ हाम्रो’ योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत टिभिएसको कुनै पनि बाइका वा स्कुटर किन्दा ८ हजारको छुट पाइनेछ।

त्यस्तै कम्पनीले किस्ताबन्दीमा बाइक वा स्कुटर किन्न इच्छुक ग्राहकहरूको लागि सिमित अवधिभर शून्य ब्याजदरको समेत सुविधा दिइने बताएको छ।

नयाँ आर्थिक वर्षको सुरुवात र कर वृद्धिसँगै बाइक र स्कुटर दुवैको मूल्य बढ्ने सम्भावना धेरै छ। यस्तो अवस्थामा सवारी किन्न इच्छुक ग्राहकहरूलाई यो योजना निकै आकर्षक हुन सक्ने कम्पनीले विश्वास राखेको छ। योजना देशभरका टिभिएस सोरुमहरूमा लागू हुने जनाएको छ।

टिभिएसको बाइक र स्कुटरको सबै मोडलमा पाँच वर्षको वारेन्टी छ।

टिभिएसले समय–समयमा विभिन्न योजना तथा एक्सचेन्ज कार्यक्रमहरू आयोजना गर्दै आएको छ। नेपालको लागि टिभिएस टु–ह्विलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स हो।

प्रकाशित: १९ असार २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...