टेस्लाद्वारा दोस्रो त्रैमासमा कीर्तिमानी २ लाख थान कार बिक्री

Technology Khabar १९ असार २०७८, शनिबार

काठमाडौं ।

टेस्लाले यो वर्षको दोस्रो त्रैमासमा विभिन्न मोडलका गरी २ लाख १ हजार २५० कारहरु बिक्री गरेको छ। यो कम्पनीका लागि नयाँ रेकर्ड हो भने वालस्ट्रीटले केही समयअघि गरेको प्रक्षेपणभन्दा चाहिँ कम हो।

कम्पनीका सीईओ इलन मस्कको कम्पनीले यो अवधिमा जम्मा २ लाख ६ हजार ४२१ थान कार उत्पादन गरेको थियो।

यस अवधिमा निर्माण गरिएका कारहरुमध्ये २ लाख ४ हजार ८१ ओटा मओडल ३ तथा मकोडल वाई थिए। यसबाहेक २ हजार ३४० ओटा मोडल एस र मोडल एक्स पनि उत्पादन गरिएका थिए। तर कति मात्रामा मोडल एस प्लेइड भेरियन्ट बिक्री भयो भन्ने खुलाइएको छैन।

यसै महिनाको शुरुवातमा टेस्लाले नयाँ डिजाइन पावर टचस्क्रीन स्टीरिङ ह्वील र बढी माइलेज सहितको मोडल एस बिक्री गर्न शुरु गरेको थियो।

हालै पेन्सल्भानियमामा चालकले चलाइरहँदा एउटा मोडल एस प्लेइडमा भने आगलागी भएको थियो।

पहिलो त्रैमासमा १ लाख ८५ हजार कार बिक्री गरेको कम्पनीले दोस्रोमा त्यसलाई उछिनेको हो। बिक्रीसँगै कम्पनीले टेक्सस र जर्मनीमा समेत फ्याक्ट्री खोलेर उत्पादन क्षमता बढाउने भएको छ।

मस्कले २०२० मा ५ लाख कार बेच्ने योजना बनाएका थिए जुन अहिले आएर नजिक पुग्न आँटेको छ।

प्रकाशित: १९ असार २०७८, शनिबार

तपाइको प्रतिक्रिया