सामसङ ग्यालेक्सी ए२२ फोरजी भारतमा सार्वजनिक

  • Technology Khabar | १९ असार २०७८, शनिबार
सामसङ ग्यालेक्सी ए२२ फोरजी भारतमा सार्वजनिक

काठमाडौं ।

जुनको शुरुवातमा सार्वजनिक भएको सामसङको ग्यालेक्सी ए२२ फोरजी स्मार्टफोन अब भारतमा पनि उपलब्ध हुने भएको छ।

यो डिभाइस भर्खरै सामसङ इन्डियाको वेबसाइटमा थपिएको छ भने यसलाई प्रि-अर्डर पनि गर्न सकिनेछ।

ग्यालेक्सी ए२२ फोरजीको बेस भेरियन्टको शुरुवाती मूल्य भारु १८ हजार ४९९ अर्थात् २४८ डलर तोकिएको छ। यसको बेस भेरियन्टमा ६ जीबी र्याम र  १२८ जीबी आन्तरिक मेमोरी रहेको छ।

ब्ल्याक र मिन्ट गरी दुई रंगमा उपलब्ध हुने यो डिभाइसमा ६.४ इन्चको सुपर एमोलेड डिस्प्ले रहेकझ छ। पछाडिपट्टि ४८ मेगापिक्सेलको मुख्यसहित क्वाड क्यामरा सेटअप दिइएको छ। यसैगरी सेल्फीका लागि १३ मेगापिक्सेलको क्यामरा राखिएको छ।

यसमा प्रयोग गरिएको चिपसेटका बारेमा केही खुलाइएको छैन। तर यसको सार्वजनिक भएको तस्बिर अनुसार यसमा मिडियाटेकको हिलियो जी८य राखिएको अनुमान गर्न सकिन्छ।

पावरका लागि यसमा ५००० एमएएच क्षमताको ब्याट्री राखिएको छ।

प्रकाशित: १९ असार २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...