बेलायतको सबैभन्दा ठूलो चिप निर्माता न्युपोर्टलाई चिनियाँ कम्पनीले अधिग्रहण गर्दै

  • Technology Khabar | १९ असार २०७८, शनिबार
बेलायतको सबैभन्दा ठूलो चिप निर्माता न्युपोर्टलाई चिनियाँ कम्पनीले अधिग्रहण गर्दै

काठमाडौं ।

बेलायतको सबैभन्दा ठूलो चिप उत्पादक न्युपोर्ट वाफर फेबलाई चिनियाँ स्वामित्वको सेमिकण्डक्टर कम्पनी नेक्सपेरियाले अर्को हप्ता करिब ८ करोड  ७० लाखमा अधिग्रहण गर्ने भएको छ । सम्झौताको नजिकका दुई स्रोतलाई उल्लेख गर्दै सिएनबिसीले सो रिपोर्ट गरेको हो ।

नेक्सपेरिया, डच फर्म जसमा चीनको विङ्गटेक टेक्नोलोजीद्वारा शतप्रतिशत लगानी गरिएको छ उनले शुक्रबार सीएनबीसीलाई बताएअनुसार सम्झौताको वार्ता जारी रहेको छ।

न्युपोर्ट, साउथ वेल्समा अवस्थित निजी स्वामित्व राखिएको एनडब्लूएफको चिप प्लान्ट सन् १९८२ मा स्थापना भएको हो र यो बेलायतमा रहेका केही सिमित सेमीकन्डक्टर फेब्रिकेटरहरू मध्ये एक हो।

‘नेक्सपेरियाले सोमबार वा मंगलबार जतिसक्दो टेकओभर घोषणा गर्ने भएको छ,’ स्रोतले भन्यो।

यो सम्झौता वैश्विक चिप अभावको बेला आएको छ जतिबेला देशहरूले सेमिकन्डक्टर उत्पादनको सवालमा अधिक आत्मनिर्भर हुन कोसिस गरिरहेका छन्। अहिलेको समयमा धेरै भन्दा धेरै चिपहरु एशियामा निर्माण गरिएको छ, जसमा ताइवानको टिएसएमसी, दक्षिण कोरियाको सामसङ र चीनको एसएमआईसी विश्वको सबैभन्दा ठूलो चिप उत्पादकहरू हुन्।

प्रकाशित: १९ असार २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...