क्रिप्टोकरेन्सीको पहिलो त्रैमासको आम्दानीमा डजिक्वाइनको योगदान ३४ प्रतिशत: रबिनहूड

  • Technology Khabar | १८ असार २०७८, शुक्रबार
क्रिप्टोकरेन्सीको पहिलो त्रैमासको आम्दानीमा डजिक्वाइनको योगदान ३४ प्रतिशत: रबिनहूड

काठमाडौं ।

स्टक व्यापारको क्षेत्रमा चर्चित संस्था रबिनहूडले डजिक्वाइन कारोबारमा वृद्धि भएका कारण क्रिप्टोकरेन्सीको आईपीओमा समेत जोखिम बढेको बताएको छ।

कम्पनीले बिहीबार आफ्नो आईपीओ भर्ने क्रममा आफ्नो क्रिप्टोकरेन्सीको आम्दानीको ३४ प्रतिशत डजिक्वाइनमार्फत् भएको जनाएको हो।

यो वृद्धिमा टेस्लाका सीईओ इलन मस्कले डजिक्वाइनका बारेमा गरेको ट्वीटमाथिको प्रतिबन्ध जोडिएको छ। मस्कले बिहीबारमात्र अर्को ‘रिलिज द डजि’ भन्ने ट्वीट गरेका थिए।

यो अवधिमा कम्पनीको समग्र आम्दानीमा डजिक्वाइनको योगदान ६ प्रतिशत रहेको र समग्र क्रिप्टोको योगदान १७ प्रतिशत रहेको छ। उक्त व्यापारिक एपले बिटक्वाइन, इथेरियम तथा लाइटक्वाइनलगायत ७ प्रकारका डिजिटल क्वाइन उपलब्ध गराउँछ।

रबिनहूडले डजिक्वाइनको मूल्य घटेमा वा बजार खस्केमा आफ्नो व्यवसायमा नकारात्मक असर पर्ने पनि जनाएको छ।

रबिनहूडले सन् २०१८ मा शुरु गरेको क्रिप्टोकरेन्सीको व्यापार केही वर्षमा ह्वात्तै बढेको छ। समग्रमा पहिलो त्रैमासमा क्रिप्टोकरेन्सीको व्यापार वार्षिक हिसाबले हेर्दा उल्लेख्य फस्टाएर ४८ करोड डलरबाट ११ अर्ब ६० करोड डलरसम्म पुग्यो। यसमार्फत् ३०९ प्रतिशत कुल आम्दानी बढेर १२ करोड ८० लाखबाट ५१ करोड २० लाख डलर पुगेको थियो।

प्रकाशित: १८ असार २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार