भिभोले डिट्याचेबल क्यामरा भएको स्मार्टफोनमा काम गरिरहेको चर्चा

  • Technology Khabar | १८ असार २०७८, शुक्रबार
भिभोले डिट्याचेबल क्यामरा भएको स्मार्टफोनमा काम गरिरहेको चर्चा

काठमाडौं ।

चिनियाँ कम्पनी भिभोले हालै एक नयाँ पेटेन्ट दर्ता गराएको छ जस अनुसार उसले फोनबाट निकाल्न मिल्ने डिट्याचेबल क्यामरासहितको स्मार्टफोनमा काम गरिरहेको चर्चा बाहिरिएको छ।

उक्त पेटेन्ट अनुसार भिभोको स्मार्टफोनमा भएको क्यामरालाई आवश्यकता अनुसार ड्रोन क्यामराका रुपमा प्रयोग गर्न सकिनेछ।

लेट्सगोडिजिटलको रिपोर्ट अनुसार भिभोले गत वर्ष यसको पेटेन्ट दर्ता गराएको र यो हालै जुलाई १ मा प्रकाशित भएको थियो।

यसको पेटेन्ट फोटो हेर्दा सामान्य स्मार्टफोन जस्तै देखिन्छ। तर यसको तल्लो भागबाट डिट्याचेबल क्यामरा निस्किन्छ।

यो क्यामरामा ड्रोनमा झैं ४ ओटा प्रोपेलरहरु रहेका छन् जसका कारण यो उड्न सक्छ। यसबाहेक स्मार्टफोनको ब्याट्रीबाहेक नै क्यामराका लागि एउटा छुट्टै ब्याट्री प्याक पनि दिइएको छ।

दुई ओटा क्यामरा सेन्सर राखिएको यो डिभाइसमा दुई ओटा इन्फ्रारेड सेन्सर पनि दिइएको छ। यी सेन्सरले थुप्रै काम गर्ने भएपनि मुख्य काम भनेको उडेकोबेला अगाडि आएका कुराहरुसँग ठोक्किनबाट जोगाउनु हो ।

यसले एयर जेस्चर पनि सपोर्ट गर्छ तर पेटेन्टमा यसबारे विस्तृत केही खुलाइएको छैन। यो उड्ने क्यामराको डिजाइन झट्ट हेर्दा एयर पिक्सको जस्तै देखिन्छ।

प्रकाशित: १८ असार २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार