डिजिटल कारोबारको सीमा हटाउन र आयात/निर्यातमा ईकमर्शलाई प्राथमिकता चेम्बरको सुझाब

  • Technology Khabar | १८ असार २०७८, शुक्रबार

काठमाडौं ।

नेपाल चेम्वर अफ कमर्सले डिजिटल कारोबारमा हाल लाग्दै आएको सीमा खारेज गर्न माग गरेको छ । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले आज नेपाल राष्ट्र वैंकका गभर्नर महा प्रसाद अधिकारी समक्ष आगामी मौद्रिक नीतिका लागि चेम्बरको तर्फबाट सुझावहरु प्रस्तुत गर्दै डिजिटल कारोबारलाई प्रोत्साहन दिने नीति बनाईनु पर्ने माग राखेका हुन्।

यसका साथै निकासी व्यापारलाई प्रवद्र्धन गर्न पनि डिजिटल कारोबारमा लागू गरिनु पर्ने माग चेम्बरले सुझाब दिएको छ।

चेम्बरले सम्पुर्ण आयात, निर्यात तथा भुक्तानी प्रक्रियामा ईकमर्शलाई प्राथमिकता दिन माग गरेको छ।

पारदर्शी अर्थतन्त्रलाई बढाउन ईकमर्शलाई प्रोत्साहन गरिनु पर्दछ र सम्पुर्ण आयात निर्यात तथा भुक्तानी प्रक्रियामा ईकमर्श लागु गर्न प्राथमिकता प्रदान गरिनु पर्दछ । चेम्बरको सुझाबमा भनिएको छ।

त्यसैगरि सरकारले हालै प्रस्तुत बजेटबाट ल्याएको नव उद्यमी स्टार्टअप र इनोभेसन्स परियोजनाहरुको पूँजी व्यवस्थाका लागी १ प्रतिशत ब्याजदरमा २५ लाख सम्मको व्यवस्था गरिनुपर्ने भन्दै चेम्बरले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पनि यस क्षेत्रमा खर्च गर्न सक्ने व्यवस्थालाई सफल कार्यान्वयनको लागी सरल सहज निर्देशिका आगामी मौद्रिक नीतिमा सम्बोधन गरिनु पर्ने उल्लेख गरेको छ।

चेम्बरको सुझाब पत्रमा केवाईसी सम्वन्धी नियमन गर्न नेपाल राष्ट्र बैकले केवाईसीको लागी छुट्टै शाखा निर्माण गरी सबैको रेकर्ड राखि आवश्यक पर्ने सबै निकायहरुलाई अनलाईन मार्फत वाईड एरिया नेटवर्कबाट उपलब्ध गराउनका लागि वेबमा आधारित पहुँच दिई व्यवस्थित गरिनुपर्ने उल्लेख गरेको छ।

यसमा ग्राहकको खाता रोक्का गरि अनावश्यक झन्झट दिने काम गरिन नहुने समेत चेम्बरको भनाई छ।

यसका साथै यूवा उद्यमशिलता विकाशको लागी हालै प्रस्तुत बजेटबाट स्नातक शैक्षिक योग्यता हासिल गरेका यूवालाई शैक्षिक प्रमाण पत्र धितो राखि ५ प्रतिशत ब्याज दरमा रु २५ लाख सम्मको सहुलियत कर्जा व्यवस्था गरिने नीति ल्याईएको छ र यसको सफल कार्यान्वयनको लागी सरल सहज कर्जा प्रवाह निर्देशिका आगामी मौद्रिक नीतिमा सम्बोधन गरिनु पर्ने चेम्बरले सुझाब दिएको छ।

यस बाहेक आर्थिक पुनरुत्थानको लागि सहजीकरण गर्ने गरि निजी क्षेत्र मैत्री र लगानी मैत्री मौद्रिक नीति ल्याउन केन्द्रिय बैंकलाई सुझाब दिएको छ।

उक्त अवसरमा चेम्वरका अध्यक्ष राजेन्द्र मल्लले नेपालमा पनि कोभिड(१९ को पहिलो लहरमा अर्थतन्त्रले धेरै नोक्सानी बेहोरिसकेको अवस्थामा गत वैशाख १६ देखि कोरोनाको दोश्रो लहरका कारण जारी निषेधाज्ञाले झन् धेरै क्षति पु¥याईसकेको बताए । उनले अहिलेको विषम परिस्थतिमा आर्थिक पुनरुत्थान नभई आर्थिक गतिविधी सामान्य अवस्थामा फर्किन सम्भव देखिदैन बताउँदै निजी क्षेत्रको मनोबल कायम राखि आर्थिक पुनरुत्थानलाई पहिलो प्राथमिकतामा राख्न नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत अधिकतम प्रयास गर्नुपर्ने अपेक्षा राखेको बताए।

उक्त अवसरमा राष्ट्र वैंकका गभर्नर अधिकारीले अहिलेको बिषम परिस्थितिमा बित्तीय संस्था तथा व्यवसाय टिक्न सकेमा मात्र अर्थतन्त्र दीगो हुने बताउनु हुंदै चेम्वर मार्फत व्यवसायीहरुलाई मुलुकको अर्थतन्त्रलाइ दीगो बनाउने किसिमका वस्तु आयातका लागि प्रोत्साहित गर्न आग्रह गरे।

प्रकाशित: १८ असार २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया