काठमाडौं ।
गत हप्ता रियलमीले जीटी मास्टर एडिशन स्मार्टफोनमा काम गरिरहेको खबर सार्वजनिक भएको थियो।
अहिले यसका बारेमा थप जानकारी हरु बाहिर आएका छन्।
रियलमीका उपाध्यक्ष शु कि चेजले हालै सामाजिक सञ्जाल वेबोको प्रोफाइलमा उक्त सार्वजनिक नभएको डिभाइसबाट लिइएको एउटा फोटो पोस्ट गरेका छन्।

यो फोटोको तलपट्टि रहेको मोबाइलको नामलाई कम्पनीले ब्लर गरेको छ।
यसै सम्बन्धमा चर्चित टिप्स्टर डिजिटल च्याट स्टेशनले रियलमीले जीटी मास्टर एडिशन एउटा चर्चित फोटोग्राफी ब्रान्डसँगको सहकार्यमा आउने खुलाएका छन्। अर्का टिप्स्टरले यो साझेदारी कोड्याक कम्पनीसँग हुन लागेको बताएका छन्।
चर्चित फोटोग्राफी कम्पनी कोड्याकले २०१२ मा आफू टाट पल्टेको घोषणा गर्दै त्यसयता व्यापारिक मुद्रणका क्षेत्रमा आवश्यक हार्डवयर तथा सफ्टवयरमा केन्द्रित हुँदै आएको छ।
कोड्याकले सन् २०१५ मा एउटा आईएम५ नाम गरेको स्मार्टफोन सार्वजनिक गरेको थियो भने एक वर्षपछि सन् १९४१ मा बनेको ३५ एमएम क्यामरा एक्ट्राको नामबाट अर्को फोटोग्राफी केन्द्रित स्मार्टफोन उपलब्ध गराएको थियो।
प्रकाशित: १८ असार २०७८, शुक्रबार