
काठमाडौं ।
एउटा नयाँ रिपोर्टले खुलासा गरेअनुसार स्मार्टफोन ब्राण्ड ओपो सम्भवत नयाँ वित्त आधारित उत्पादनमा काम गरिरहेको छ। भर्खरको ट्रेडमार्क फाईलिङले ‘ओपो कार्ड’ (OPPO Card) नाम देखाएको छ जुन एप्पल कार्डसँग मिल्दो किसिमको हुन सक्ने ड्रोइडमेजको रिपोर्टमा उल्लेख छ।
आईफोन निर्माता कम्पनीको एप्पल कार्ड २०१९ मा शुरू गरिएको थियो।
यदि तपाईंलाई एप्पल कार्डको बारेमा याद छैन भने, स्मरण रहोस एप्पलले २०१९ मा यसको एप्पल कार्ड सुरुवात गर्यो र कम्पनी पनि यस उत्पादनको साथ धेरै सफल भयो। यो आईफोन निर्माताको तर्फबाट क्रेडिट कार्ड मार्केटमा क्रान्ति ल्याउने प्रयास थियो।
अब यस्तो देखिन्छ कि चिनियाँ टेक जायन्ट ओपो पनि एप्पलको मार्ग अनुसरण गर्न तयारी गर्दैछ। चिनियाँ ट्रेडमार्क पोर्टलमा भर्खरै गरिएको फाईलिंग अनुसार ओपोले अन्तर्राष्ट्रिय वर्गीकरण-९ अन्तर्गत ओपो कार्डका लागि आवेदन गरेको छ।
ड्रोइडमेजको रिपोर्टअनुसार ट्रेडमार्क फाईलिङ अझै अनुमोदन गरिएको छैन। यस बाहेक, यस कार्डको बारेमा विस्तृत जानकारी अझै उपलब्ध छैन।
एप्पल कार्ड केही सुरक्षा सुविधाहरू र कुनै शुल्क बिना नै अतिरिक्त लाभहरूको साथ आउँदछ। ओपोले यसको कार्डको साथ एप्पलको कदमहरू अनुसरण गर्न खोजिरहेको हुनसक्छ।र सम्भवत हामी केही सुरक्षा सुविधाहरूको साथ चाँडै नै ओपोको निःशुल्क कार्ड देख्नेछौं।
अर्को चिनियाँ कम्पनीले पनि एप्पल कार्डको आफ्नै संस्करण सुरू गरेको थियो। ह्वावे कार्ड २०२० मा पेश गरिएको थियो।
स्मरण रहोस केहि दिनअघि मात्र ओपोमा वनप्लस ब्राण्ड एकीकृत भएको थियो । एजेन्सीहरु
प्रकाशित: १८ असार २०७८, शुक्रबार