सामसङ ग्यालेक्सी एफ२२ स्मार्टफोन जुलाइ ६ मा सार्वजनिक हुने

  • Technology Khabar | १७ असार २०७८, बिहीबार
सामसङ ग्यालेक्सी एफ२२ स्मार्टफोन जुलाइ ६ मा सार्वजनिक हुने

काठमाडौं ।

सामसङले आफ्नो ग्यालेक्सी एफ२२ स्मार्टफोन आगामी जुलाइ ६ मा सार्वजनिक गर्ने भएको छ।

यो जानकारीको आधिकारिक ‍पुष्टि कम्पनीको भारतीय शाखाबाट आएको हो। शाखाले आफ्नो आधिकारिक वेबसाइटमा एउटा प्रोमो पेज बनाएर फोनको डिजाइन, स्पेसिफिकेसन तथा सार्वजनिक हुने मितिको जानकारी दिएको हो।

यो डिभाइसमा ९० हर्ज रिफ्रेश रेटसहितको ६.४ इन्चको एचडी+ सुपर एमोलेड डिस्प्ले रहनेछ भने पछाड ४८ मेगापिक्सेलको मुख्य सहित क्वाड क्यामरा सेट अप रहनेछ।

यसलाघ पावर दिन ६००० एमएएच क्षमताको ब्याट्री रहने र शुरुवातमा कालो रंगमा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ।

यसमा रहेको स्पेसिफिकेशन हेर्दा यो डिभाइस ग्यालेक्सी ए२२ मा ठूलो क्षमताको ब्याट्री राखेर रिब्रान्डिङ गरिएको जस्तो लाग्छ।

यस हिसाबले यसमा मिडियाटेकको हिलियो जी८० चिपसेट, साइड माउन्टेड फिंगरप्रिन्ट सेन्सर तथा १५ वाट फास्ट चार्जिङ रहने आकलन गर्न सकिन्छ।

प्रकाशित: १७ असार २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...