
काठमाडौं ।
एप्पलले आईओएस तथा आईप्याडओएस १४.७ को बिटा ४ पब्लिक बिटा टेस्टरहरुका लागि सार्वजनिक गरेको छ।
यो भर्सन कम्पनीले आईओएस १५ को बिटा टेस्टिङ भर्सन ल्याउनुअघिको ओएस१४ को अन्तिम पब्लिक बिटा हुनसक्ने आकलन गरिएको छ।
एप्पलले यो बिटा भर्सन ल्याइरहँदा सँगै नयाँ स्वरुपको फेसटाइम तथा म्याप सहितको आईओएस १५ मा काम गरिरहेको बुझिएको छ। आईओएस १५ को बिटा टेस्टिङ भर्सन भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।
पब्लिक बिटा वा अन्य हिसाबले पनि एप्पलले आईओएस १४ मा अपडेट ल्याइरहनेछ। यो नया भर्सनमा आईफोन ११ मा हराएको ब्याट्री सेवाको मेसेजमात्र पुनर्स्थापित गरिएकाले खासै आकर्षक छैन। यो मेसेज आए पनि फोनकी सर्भिसिङ गर्नु जरुरी हुन्छ।
पब्लिक बिटा भर्सन आएकाले अबका केही हप्तामा यो सबैका लागि उपलब्ध हुने अपेक्षा गर्न सकिन्छ।
प्रकाशित: १७ असार २०७८, बिहीबार