दुई साइडमा रोल हुने डिस्प्लेसहितको स्मार्टफोनमा काम गर्दै शाओमी

  • Technology Khabar | १७ असार २०७८, बिहीबार
दुई साइडमा रोल हुने डिस्प्लेसहितको स्मार्टफोनमा काम गर्दै शाओमी

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले एउटा फरक किसिमको स्मार्टफोनमा काम गरिरहेको बुझिएको छ। एउटा नयाँ पेटेन्टका आधारमा यस्तो खुलासा भएको हो।

फोनएरिनामा आएको एक रिपोर्ट अनुसार नयाँ पेटेन्ट लिइएको उक्त डिभाइसको डिस्प्ले दायाँ  र बायाँ दुवैतिरबाट रोल हुने खालको हुनेछ। तर यो डिभाइस फोल्डेबल फोनजस्तो भने हुनेछैन।

सामान्यतया फोल्डेबल फोनको डिस्प्ले अनफोल्ड गरेपछि ठूलो हुन्छ र बोकेर हिँड्न सजिलोका लागि फेरि फोल्ड गरिन्छ।

तर शाओमीको नयाँ पेटेन्ट हेर्दा यसको डिस्प्ले दायाँ र बायाँ दुवै साइडबाट रोल हुने र रोल भएपछि साइज बढ्ने देखिएको छ।

यो डिभाइसको डिजाइन ट्याब्लेटको जस्तो देखिन्छ भने यसले ट्याबलेटको भन्दा थप फिचरहरु प्रदान गर्ने आकलन गरिएको छ। डिस्प्ले बढेपछि यसको आस्पेक्ट रेशियोमा पनि परिवर्तन आउँछ। यसबाट फिल्म तथा भिडियो हेर्दाको अनुभव अझ फरक पाउन सकिन्छ।

डिस्प्ले फैलिएका बेला यसको साइज केही सानो र वर्गाकार हुन्छ भने यसलाई फोल्ड गरेपछि सामान्य स्मार्टफोनको आकार र साइजमा आउँछ।

पछाडिपट्टिबाट हेर्दा यसको डिजाइन कम्पनीकै एमआई मिक्स अल्फाको जस्तै देखिन्छ। यसमा डुअल क्याकमरा सेटअप दिइएको छ।

प्रकाशित: १७ असार २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...