काठमाडौं ।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा ख्याति कमाएको सेवाप्रदायक संस्था फ्यूजमेशिन इन्कले एआई२गो (AI2Go) तालिम कार्यशालाको आयोजना गर्ने आज घोषणा गरेको छ, जुन नेपालका लागि अहिलेसम्मकै नयाँ ए.आई. कार्यक्रम हो ।
ए.आई. संबन्धी समग्र विषयहरुलाई समेटेर तयार गरिएको यो अनलाईन तालिम कार्यक्रम लगातार चार हप्तासम्म चल्नेछ । कम्प्युटर विज्ञान वा यस संबन्धी प्राविधिक ज्ञान सीप पटक्कै नभएका वा सीमित ज्ञान भएका पेशाकर्मीहरु तथा कम्प्युटरमा काम गरिरहेका तर ए.आई संबन्धी पुष्ठभूमि नभएका सहभागीहरु यस तालिमको माध्यमबाट लाभान्वित हुन सक्ने बताईएको छ ।
यस तालिम कार्यक्रमको मुख्य लक्ष्य भनेको सहभागीहरुलाई ए.आई.का बारेमा आधारभूत ज्ञान सीपहरुले युक्त बनाउनु र उनीहरुले काम गरिरहेको पेशागत क्षेत्रमा ए.आईं. तथा मसिन लर्निङ (Machine Learning)को बारेमा सिर्जनात्मक ढंगले सोच्ने र जिम्मेवारीपूर्वक काम गर्न सक्ने गरी उनीहरुको क्षमता अभिबृद्धि गर्नु रहेको कम्पनीको भनाई छ।
यस तालिम कार्यक्रममा आठवटा प्रत्यक्ष अनलाइन सत्रहरु समावेश गरिएको छ । ती सत्रहरुको क्रममा अमेरिकाका एआई क्षेत्रका उल्लेखनीय विज्ञ, प्राध्यापकहरु र कम्प्युटर बैज्ञानिकहरुले गेष्ट लेक्चरको रुपमा कक्षाहरु लिनेछन् भने प्रोगामिङ संबन्धी प्रयोगात्मक कक्षाहरु पनि संचालन गरिनेछ ।
यस तालिम कार्यक्रममा सहभागी प्रशिक्षार्थीको सुविधा अनुसार डेस्कटप कम्प्युटर वा मोबाइल फोनमध्ये जुनसुकैबाट पनि जोडिन सकिनेछ र सहभागीहरुले प्रशिक्षणका विषयहरुसित संबन्धित अतिरिक्त अध्ययन सामाग्रीहरु तालीम अवधि भित्र आफूलाई अनुकुल पर्ने जुनसुकै समयमा पनि डाउनलोड गरेर लिन सक्ने कम्पनीले जनाएको छ।
सहभागी प्रशिक्षार्थीहरुले AI2Go तालिम कार्यशालाको अन्तमा मेसिन लर्निङ (Machine Learning), आर्टिफिसियल इन्टेलिजेन्स (एआई), डीप लर्निङ्ग (Deep Learning), क्लासिफिकेसन (Classification) रिग्रेसन (Regression), मेसिन लर्निङ वर्कफ्लो (Machine Learning Workflow) संबन्धी समग्र जानकारी, डाटासेट (dataset) र ए.आई.मोडेल (AI model) सिर्जना, कम्प्युटर भिजन (Computer Vision), नेचरल ल्याड्ग्वेज प्रोसेसिङ (Natural Language Processing) र एम.एल.मोडेल (ML model) निर्माणका लागि आवश्यक पर्ने पाइथन (python) संबन्धी कार्यमूलक ज्ञान प्राप्त गर्ने लक्ष लिइएको छ।
फ्यूजमेशिनका वरिष्ठ ए.आई. अनुसन्धानकर्ता बुलान्त उयानाइकरले भने “एकातिर हामीले AI2Go जस्ता गंभीर प्रकृतिका तालिमहरुको माध्यमबाट ए.आई संबन्धी ज्ञानको पहुँच बृद्धि गर्न प्रयत्न गरिरहेका छौं भने सँगसंगै नेपालका पेशागत समुदायलाई पुनर्सिप र सीप अभिबृद्धिको उपायबाट सशक्तिकरण गर्दै उनीहरु कार्यरत क्षेत्रमै त्यसको उपयोग गर्ने वा बिशुद्ध ए.आई. केन्द्रीत नयाँ पेशामा प्रवेश गर्ने अवसरको पनि ढोका खोलिदिएका छौं ।”
फ्यूजमेशिनका सीईओ समीर मास्केले भने, “नेपालमा ए.आई.माथि सर्बसाधारणको पहुँच पुर्याउने हाम्रो यात्रालाई अझ गति प्रदान गर्नका लागि हामीले अप्राविधिक क्षेत्रका पेशाकर्मीहरुलाई पनि यस्तै प्रकृतिका तालिमका अवसरहरु बढाउँदै लानुपर्छ । अनि मात्र हामीले नेपालमा ए.आई. शिक्षा र पेशागत अवसरका दुबै क्षेत्रलाई संबृद्ध बनाउन सही रुपमा सफलता प्राप्त गर्न सक्नेछौ ।”
यो तालिम कार्यक्रम संचालन गर्नु अघि फ्यूजमेशिनले ‘नेपालका लागि ए.आई. शिक्षा’ ‘ए.आई.–फाउन्डेसन’, ‘माइक्रोडिग्री’ लगायत यस्तै प्रकृतिका चलिरहेको तालिम कायक्रमहरु नेपालका विभिन्न शैक्षिक संस्थाहरुसंगको रणनीतिक साझेदारीमा संचालनको पहलकदमी लिएको जानकारी दिएको छ।
यदि तपाईँपनि फ्यूजमेशिनको यस तालिममा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरेर जानकारी लिनसक्नुहुनेछ।
प्रकाशित: १७ असार २०७८, बिहीबार