
काठमाडौं ।
सर टिम बर्नर्स ली को वेब सोर्स कोड एनएफटी ५.४ मिलियन डलर अर्थात् ६४ करोड रुपैयाँमा बिक्री भएको छ।
हालै भएको एनएफटीको ठूलो रकमको कारोबारमा सर टिम बर्नर्स ली को आधिकारिक वेब ब्राउजरको सोर्स कोड ५४ लाख ३४ हजार ५०० डलरमा बिक्री भएको हो।
बर्नर्स ली लाई वर्ल्ड वाइड वेब अर्थात् डब्लूडब्लूडब्लू वर्ब ब्राउजरको निर्माताका रुपमा पनि चिनिन्छ।
यो एनएफटीमा पहिलोपटक एचटीएमएल डकुमेन्ट तथा अन्य सामग्री वेबमा प्रकाशन गर्न सफल भएको १० हजार हरफको सोर्स कोडको हस्ताक्षरित आर्काइभ रहेको छ।
हालसम्मको कारोबारका हिसाबले एनएफटीका लागि तिरिएको सबैभन्दा बढी रकम ६ करोड ९० लाख डलर छ। यो रकम मेटाकोभानले कलाकार बीपलको कृति ‘इभ्रिडेज: द फर्स्ट ५००० डेज’ का लागि तिरेका हुन्।
त्यसपछि ज्याक डोर्सीको पहिलो ट्वीट एनएफटीका रुपमा ३० लाख डलरमा बिक्री भएको थियो।
प्रकाशित: १७ असार २०७८, बिहीबार