मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

  • Technology Khabar | १७ असार २०७८, बिहीबार
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु
सांकेतिक

काठमाडौं ।

सप्तरी जिल्लामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सप्तरीको अग्निसाइर कृष्णसावरण गाउँपालिका–६, महुलीबजार बस्ने मो. जलिलका ३५ वर्षीया जहादा खातुनको मृत्यु भएको हो ।

सोमबार बिहान साढे १० बजेतिर आफ्नो मोबाइल चार्ज गर्ने क्रममा तार सर्ट भई करेन्ट लागेर जहादा गम्भीर घाइते भएकी थिईन् ।

उनको विराटनगरस्थित नर्सिङ होम अस्पतालमा उपचारको क्रममा दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रकाशित: १७ असार २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

  • Technology Khabar
  • १७ असार २०७८, बिहीबार