आईफोन १२ सिरिज सार्वजनिक भएको ७ महिनामा १० करोड थान बिक्री

  • Technology Khabar | १७ असार २०७८, बिहीबार

काठमाडौं ।

आईफोन १२ सिरिज २०१४ मा सार्वजनिक भएको आईफोन ६ पछि भएदेखि सबैभन्दा सफल हने सिरिजमा परेको छ।

काउन्टरपार्ट रिसर्चले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार सा २०१४ मा आएको आईफोन ६ मा नयाँ डिजाइन र ठूलो डिस्प्लेले मानिसहरुलाई आकर्षित गरेको थियो भने केही महिना अघि सार्वजनिक भएको आईफोन १२ सिरिज यति धेरै बिक्री हुनुमा पनि केही महत्वपूर्ण कारण हुनसक्ने आकलन गरेको छ।

विश्लेषकहरुका अनुसार आईफोन १२ सिरिजका प्रो बाहेकका सेटहरुका समेत फाइभजी प्रविधि तथा ओएलईडी डिस्प्ले दिइएकाले यसको लोकप्रियता बढेको हुनसक्छ।

यसपटक मानिसहरु यसअघिका जेनेरेशनभन्दा बढी हाइ-इन्ड मोडलहरुप्रति आकर्षित भएको देखिएको छ।

यीमध्ये आईफोन १२ प्रो म्याक्स सबैभन्दा लोकप्रिय भएङ्को थियो र यसले जम्मा बिक्रीको २९ प्रतिशत हिस्सा ओगटेको थियो। यो गत वर्षको ११ प्रो को २५ प्रतिशतभन्दा अझ बढी हो।

यो मोडल अमेरिकामा भने झन प्रख्यात भएको थियो र त्यहाँ बिक्री भएकामध्ये ४० प्रतिशत हिस्सा ओगटेको थियो।

१२ प्रो म्याक्स ११०० डलरमा सार्वजनिक गरिए पनि आईफोन १२ सिरिजको औसत बिक्री मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो। यसैकारण पनि यो सिरिजले समग्रमा धेरै मूल्यको व्यापार गर्न सफल भएको हो।

यो गत वर्षको आईफोन ११ सिरिजले कमाएको तुलनामा २२ प्रतिशतले बढी हो।

यसबाहेक आईफोन १२ सिरिजका फोनहरु सार्वजनिक भएको ७ महिना अर्थात् गत अप्रिलसम्ममा १० करोड थानभन्दा बढी बिक्री भएका थिए। यो संख्या हालसम्म निकै बढिसकेको छ।

प्रकाशित: १७ असार २०७८, बिहीबार

तपाइको प्रतिक्रिया