डिजिटल बैंकिङमार्फत सुरक्षित कारोबार गर्न बैंकर्स संघको आग्रह

Technology Khabar १६ असार २०७८, बुधबार

काठमाडौं ।

नेपाल बैंकर्स संघले कोरोना कहरका कारण नागरिक आर्थिक रुपमा सङ्कटमा परिरहेको बेला सामाजिक सञ्जालको दुरुपयोग गरेर ठगी गरेको भन्ने व्यापक गुनासो आएपछि कुनै पनि व्यक्तिगत विवरण तथा बैंक खाताको सुरक्षा गर्न सबैमा आग्रह गरेको छ ।

संघले पछिल्ला दिनमा विभिन्न सामाजिक सञ्जालमार्फत अनधिकृत व्यक्तिले सहयोग गर्ने बहानामा खाताको गोप्य विवरण माग गर्ने गरेको पाइएको भन्दै नागरिकलाई सचेत गराएको छ ।

संघले आज विज्ञप्ति जारी गर्दै बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई रकम पठाउनका लागि भन्दै खाता/व्यक्तिगत विवरण माग गर्ने गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ । सङ्घले आफ्नो गोप्य विवरण कोही कसैलाई पनि नदिन अनुरोध गरेको हो ।

आपराधिक मनोवृत्तिका व्यक्तिले सहयोग गर्ने बहानामा खाताको गोप्य विवरणहरु माग्ने गरेको सङ्घको बुझाइ छ ।

अनधिकृत व्यक्तिले सामाजिक सञ्जाल मार्फत् चिठ्ठा परेको र रकम पठाउनका लागी खातारव्यक्तिगत विवरण माग गर्ने तथा सहयोग गर्ने बहानामा खाताको गोप्य विवरण जस्तै खाता नं, मोबाईल नं, पासवर्ड (ओटिपी) प्राप्त गरी रकमान्तर गर्ने वा गर्न लगाउने जस्ता क्रियाकलाप भइरहेको छ संघले भनेको छ।

व्यापकरुपमा त्यस्ता गतिविधि भइरहेको जानकारी आएकाले सजग रहन सङ्घले सबैलाई आग्रह गरेको उल्लेख गरेको छ।

सहयोगका नाममा आउने त्यस्ता फोन कल वा कारोबारको शङ्का लागेमा नजिकैको बैंक शाखामा तुरुन्त सम्पर्क गर्न पनि सङ्घले अनुरोध गरेको छ । सजगताका साथ डिजिटल बैंकिङमार्फत सुरक्षित कारोबार गर्न ग्राहकलाई अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यस्ता गतिविधिमा सजक रही आफ्नो व्यक्तिगत र गोप्य विवरण कुनैपनि व्यक्तिसँग आदान–प्रदान नगर्न संघले आग्रह गरेको छ । साथै, त्यस्तो फोन कल वा कारोबारको शंका लागेमा नजिकैको बैंकका शाखामा तुरुन्त सम्पर्क गर्नु हुन समेत अनुरोध गरेको छ ।

पछिल्लो समय विभिन्न सामाजिक सञ्जाल मार्फत् अनधिकृत व्यक्तिले विवरण मागेर पैसा माग्ने वा पठाउन लगाउने क्रियाकलाप भइरहेको भन्दै संघले आज एक विज्ञप्ति जारी गर्दै आफ्नो व्यक्तिगत-गोप्य विवरण कुनै पनि व्यक्तिसँग आदान–प्रदान नगर्न आग्रह गरेको हो ।

प्रकाशित: १६ असार २०७८, बुधबार

तपाइको प्रतिक्रिया