
काठमाडौं ।
चिनियाँ टेक जायन्ट ह्वावेले हाइसिलिकन रिक्रुटमेन्टको विच्याट एकाउन्टमार्फत् ह्वावेको चिप यूनिटमा व्यापक मात्रामा कर्मचारी भर्ना खुलाउने घोषणा गरेको छ।
उक्त भर्नाको शुरुवात अर्को वर्ष अर्थात् सन् २०२२ देखि शुरु हुने पनि बताइएको छ।
घोषणा अनुसार कम्पनीले चिप डिजाइनिङ यूनिटका लागि स्थानीय कलेज तथा विश्वविद्यालबाट कम्तीमा स्नातक गरेका विद्यार्थीहरुलाई भर्ना लिनेछ।
यो भर्ना लिने अवधि सन् २०२२ को जनवरी १ तारिखदेखि डिसेम्बर ३१ सम्म अर्थात पुरै १ वर्ष रहने पनि कम्पनीले जनाएको छ।
यो भर्नाको उद्देश्य स्नातक वा स्नातकोत्तर गरेका चिनियाँ विद्यार्थीलाई रोजगारी दिलाउनु पनि रहेको र यसरी भर्ना गरिएका कर्मचारीहरु कम्पनीका विभिन्न फाँटमा परिचानल गरिने बुझिएको छ।
यी फाँटहरुमा चिपसेट, हार्डवयर, अनुसन्धान, सफ्टवयर, परीक्षण तथा सिस्टम आदि पर्दछन्। हाइसिलिकनले पनि यी कर्मचारीहरुलाई चीनभित्रका बेइजिङ, शाङ्घाइ, शेन्जेन, डंगुआन, वुहान, शियान, छेङ्दु, हाङ्जाउ, नान्जिङ तथा शुजोउमा रहेका कम्पनीका प्लान्टहरुमा परिचालन बताएको छ।
प्रकाशित: १६ असार २०७८, बुधबार