जूमले रियल-टाइम ट्रान्सलेशन गर्ने एआई कम्पनी काइट्सको स्वामित्व ग्रहण गर्ने

  • Technology Khabar | १६ असार २०७८, बुधबार
जूमले रियल-टाइम ट्रान्सलेशन गर्ने एआई कम्पनी काइट्सको स्वामित्व ग्रहण गर्ने

काठमाडौं ।

भिडियो कलिङ एप जूमले रियल टाइम भाषा अनुवबद सफ्टवयर निर्माण गर्दै आएको कम्पनी काइट्सको स्वामित्व ग्रहण गर्ने घोषणा गरेको छ।

काइट्स उक्त कम्पनीको संक्षिप्त नाम हो जसको पूरा रुप कार्ल्सरुहे इन्फर्मेशन टेक्नोलोजी सोलुशन्स हुन्छ।

यो कम्पनीको स्वामित्व ग्रहण गरेपछि विभिन्न भाषा बोल्ने यूजरहरुबीच सञ्चार गर्न सहज हुने कम्पनीले जनाएको छ। यसमार्फत् कम्पनीले आफ्नो एपमा रियल टाइममा भाषा अनुवाद गर्ने फिचर थप्ने योजना पनि बनाएको छ।

जूममा यसअघि नै रियल टाइम ट्रान्सक्रिप्शन फिचर रहे पनि यो केही अंग्रेजी बोल्ने यूजरहरुका लागि मात्र सीमित छ। जूमले आफ्नो सपोर्ट पेजमा हाल उपलब्ध फिचरले भाषा अनुवादको नतिजा सोचे अनुरुप सही हुन नसक्ने पनि जनाएको छ। यसै हिसाबले काइट्सको नयाँ सफ्टवयर थप्ने साथै काइट्सलाई काम तथा अनुसन्धानका लागि जर्मनीमा अनुसन्धान केन्द्र स्थापना गर्ने पनि उल्लेख गरेको छ।

आफ्नो वेबसाइटमा काइट्सले आफ्नो कार्ल्सरुहे इन्स्टिच्युट अफ टेक्नोलोजीमा शुरु गरेको कम्पनीले विश्वविद्यालयका विद्यार्थीहरुलाई आफ्ना प्राध्यापकहरुले जर्मन र अंग्रेजीमा बोलेका कुर बुझ्नका लागि तत्काल भाषा अनुवादको कामका लागि यो सफ्टवयर निर्माण गरेको उल्लेख गरेको छ।

प्रकाशित: १६ असार २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार