Technology Khabar १५ असार २०७८, मंगलवार
काठमाडौं ।
कृषि विकास बैंकले दुई महिनामै ७८ वटा क्रेडिट कार्ड जारी गरेको छ । गत बैशाख महिनाबाट क्रेडिट कार्ड व्यवसायको शुरुवात गरेको बैंकले हालसम्म सो संख्यामा कार्ड जारी गरेको हो ।
नेपालका सरकारीस्तरका बैकहरुमा यो सेवा प्रदान गर्ने पहिलो बैंक भएको जनाएको छ ।
कार्यालयको कार्यक्षेत्र भित्र बसोवास गरी दिगो आयश्रोत भएका विश्वासिला नेपाली नागरिकहरु, यस बैकका पूर्व कर्मचारीहरु तथा बैकका कर्मचारीहरुले यो सुविधा प्राप्त गर्न सक्नेछन् ।
यस बैककले जारी गरेको क्रेडिट कार्डको सिमा न्यूनतम २५ हजार रुपैयाँदेखि अधिकतम एक लाख रुपैयाँसम्म कायम गरिएको छ ।
त्यसैगरी, ईएमभी कम्प्लियन्स, कन्ट्याक्टलेस पेमेन्ट फिचर्स नेपाल र भारतमा चल्ने, पीओएस टर्मिनल मार्फत विभिन्न वस्तु तथा सेवा खरिदको भुक्तानी गर्न सकिने आदि विशेषताहरु रहेका छन् ।
साथै, उक्त बैंकले क्रेडिट कार्ड सुविधा लिन आफूलाई पायक पर्ने कृषि विकास बैंकका शाखा कार्यालयहरुमा सम्पर्क गर्न सकिने जनाएको छ ।
प्रकाशित: १५ असार २०७८, मंगलवार