टाटा मोटर्सले ४ वर्षभित्र भारतमा १० मोडलका विद्युतीय गाडी बनाउने

  • Technology Khabar | १५ असार २०७८, मंगलवार

काठमाडौं ।

इलेक्ट्रिक भेहिकल सेगमेन्टमा भारतमा तीव्र गतिमा अगाडि बढिरहेको टाटा मोटर्सले आउने ४ वर्षमा १० मोडलका विद्युतीय गाडी उत्पादन गर्ने घोषणा गरेको छ।

कम्पनीको ७६ औ वार्षिक प्रतिवेदनमा शेयर होल्डरहरुलाई सम्बोधन गर्दै अध्यक्ष एन चन्द्रशेखरनले भारतमा टाटाको पोर्टफोलियोमा विद्युतीय गाडीको पहुँच यो वर्ष दोब्बर भएर २ प्रतिशतको आँकडामा पुगेको बताए।

उनले आउने समयमा विद्युतीय सवारीको बिक्री उल्लेख्य रुपमा बढाउने र त्यसको शुरुवात अगुवाई टाटा मोटर्सले गर्ने पनि बताए।

उनका अनुसार आगामी सन् २०२५ भित्रमा कम्पनीका ब्याट्रीमा आधारित १० ओटा विद्युतीय गाडी सडकमा देख्न सकिने बताएका छन्।

यीमध्ये एउटा विद्युतीय गाडीलाई विलासी गाडी निर्माता ज्यागुअर तथा ल्याण्ड रोभरसँगप्रतिस्पर्धा गर्ने हिसाबले प्रोग्रामिङ भइरहेको पनि खुलाए। यसबीचमा टाटा ग्रुपले भारतभित्र र बाहिर सेल तथा ब्याट्री निर्माण र चार्जिङ पूर्वाधारका स्थापनाका क्षेत्रमा पनि लगानी गर्ने बुझिएको छ।

टाटा नेक्सन भारतमा सबैभन्दा बढी बिक्ने इलेक्ट्रिक कार

हाल टाटा मोटर्स बजारमा दुई खाले पूर्ण विद्युतीय कारहरु टाटा नेक्सन ईभी तथा टिगोर ईभीसहित दबदबा कायम गरिरहेको छ।

अल्ट्रोजको इलेक्ट्रिक भर्सन पनि आगामी महीना सार्वजनिक हुनसक्ने अपेक्षा गरिएको छ। २०२० मा सार्वजनिक भएको टाटाको नेक्शन ईभी ४ हजारभन्दा बढी थान बिक्री हुँदै देशकै सबैभन्दा बढी बिक्ने विद्युतीय गाडी बन्न सफल भएको छ।

प्रकाशित: १५ असार २०७८, मंगलवार

तपाइको प्रतिक्रिया

ताजा समाचार