
काठमाडौं ।
अस्पतालमा शल्यक्रियाको क्रममा रोबोटहरू प्रयोग गर्दा कुनै स्पष्ट फाइदाहरू नहुने टेक्सास विश्वविद्यालयका अन्वेषकहरूले पत्ता लगाएका छन् ।
हालै गरिएको एउटा अध्ययनमा, अनुसन्धानकर्ताहरूले ५० प्रकाशित भएका र्यान्डम नियन्त्रित परीक्षणहरूको रिभ्यू गरेका थिए । जसमा ४,८०० भन्दा बढी बिरामीहरूलाई रोबोटको सहायताले खुला शल्यक्रियाको प्रमाणहरू लेप्रोस्कोपी, खुला शल्यक्रिया, वा दुबैको तुलना गर्दा र नतीजाहरूको गुणस्तर जाँच्न गरेका जेडिनेटले जनाएको छ।
ती अध्ययनहरूको समीक्षा गर्दा अनुसन्धानकर्ताहरूले पत्ता लगाए कि परिणामहरू हेर्दा रोबोट-सहायता सर्जरीहरू प्रायः आउँदा दीर्घकालीन कुनै स्पष्ट फाइदा नभएको देखिए र जसमा रोबोट-सहायता सर्जरी गर्ने अन्तर्क्रियात्मक जटिलता, ओपन सर्जरीमा रूपान्तरण दर हेरिएका थिए । र दीर्घकालीन रुपमा पनि रोबोट-सहायता सर्जरीहरू अत्यधिक लागतको साथ हुने देखिएको हो।
‘सबैभन्दा प्रचलित रोबोट प्लेटफर्मको प्रारम्भिक लागत १५ लाख डलर हो,’ अनुसन्धानकर्ताहरूले भनेका छन्, ‘जसले रोबोटको प्रयोग गर्न मानिसहरूलाई हेरचाह गर्ने वा तालिम दिने कार्य जस्ता कामहरुको थप लागतहरूको हिसाब गर्दैन्।’
ठुलो लागतको साथसाथै अनुसन्धानकर्ताहरूले बताएअनुसार स्ट्याण्डर्ड शल्यक्रियाको तुलनामा परिणाममा स्पष्ट भिन्नता नभए पनि रोबोट-सहयोगी शल्यक्रियाहरू सामान्य रूपमा पूरा हुन थप समय लिन्छन् ।
यसै कारणले गर्दा, अनुसन्धानकर्ताहरूले शल्य चिकित्साको सन्दर्भमा ‘रोबोटिक्स’ को बिबरण हाल मिथ्या भएको बताए किनकि यी रोबोटहरूमा हाल कुनै अटोमेसन छैन। यसको सट्टा, अनुसन्धानकर्ताहरूले यी ‘रोबोटहरू’ वास्तवमा शल्य चिकित्सकहरुद्वारा नियन्त्रित उपकरणहरू जस्तो बढी कार्य गर्ने बताए ।
हाल रोबोट सहयोगी शल्यक्रियाका लागि कुनै स्पष्ट फाइदाहरू नदेखिएपनि भविश्यमा परिष्करण, प्रतिस्पर्धा र लागत घटाएर शल्य चिकित्सा रोबोटको क्लिनिकल परिणामहरू सुधार गर्ने सम्भाव्यता हुन सक्ने बताएका छन्।
एसेन्सस सर्जिकलका सीईओ एन्थोनी फर्नान्डोका अनुसार सन् २०२१ सम्ममा, करीव ४० प्रतिशत शल्यक्रियाहरू ओपन शल्यक्रिया हुन्छन्, ५० प्रतिशत शल्यक्रिया ल्याप्रोस्कोपिक रूपमा गरिन्छ, र ३ देखि ५ प्रतिशत मात्र रोबोटमा आधारित गरिने, ।
सो अध्ययनको बिस्तृत बिबरण एनाल्स अफ इन्टरनल मेडिसिनको आगामी अंकमा छापिने बताईएको छ ।
प्रकाशित: १५ असार २०७८, मंगलवार