क्वालकम स्न्यापड्रागन एक्स६५ मोडेमले राख्यो १०.५ जीबीपीएसको कीर्तिमानी डाटा ट्रान्सफर

  • Technology Khabar | १५ असार २०७८, मंगलवार
क्वालकम स्न्यापड्रागन एक्स६५ मोडेमले राख्यो १०.५ जीबीपीएसको कीर्तिमानी डाटा ट्रान्सफर

काठमाडौं ।

क्वालकम टेक्नोलोजिजको एक्स६५ मोडेमले फाइभजी मोबाइल नेटवर्कमा डाटा ट्रान्सफर रेटमा कीर्तिमान कायम गरेको कम्पनीले दावी गरेको छ।

उक्त चिपसेटले अटोनोमस स्ट्यान्डअलोन तथा नन अटोनोमस नन स्ट्यान्डअलोन गरी दुवै आर्किटेक्चरमा काम गर्ने बुझिएको छ।

यसबाहेक यो एलटीई,  डब्लूसीडीएमए डीबीडी-डीसी-एचएसडीपीए, टीडी-एससीडीएमए, सीडीएमए १एक्स,  जीएसएम तथा ईडीजीई नेटवर्क सपोर्ट गर्दछ।

यसमा थुप्रै उर्जा कम खपत गर्ने संयन्तर समावेश गरिएको छ। यी प्रविधिमा क्वालकम फाइभजी पावरसेभ २.०, क्वालकम वाइडब्यान्ड अन्भलप ट्र्याकिङ तथा क्वालकम एआई-इन्हान्स्ड सिग्नल बूस्ट आदि रहेका छन्।

क्वालकमले हालै स्पेनको बार्सिलोनामा चलिरहेको मोबाइल वर्ल्ड कंग्रेस २०२१ मा आफ्नो नयाँ प्रोसेसरले फाइभजी सेलुलर नेटवर्कमा डाटा ट्रान्सफरको गतिमा कीर्तिमान कायम गरेको घोषणा गरेको हो।

यो डाटा ट्रान्सफरको ब्याण्डविथ १०.५ जीबीपीएससम्म पुगेको कम्पनीको दावी छ। यिनिहरुले मिलिमिटर वेभ रेन्ज प्रयोग गरेका थिए। बेस स्टेशनमा डाटा ट्रान्सफरको रेट ७९० मेगाबिट प्रतिसेकेन्ड रहेको थियो।

प्रकाशित: १५ असार २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार