स्न्यापच्याटले ल्यायो नयाँ अपडेट, क्र्याश हुने समस्या समाधान हुने दावी

  • Technology Khabar | १५ असार २०७८, मंगलवार
स्न्यापच्याटले ल्यायो नयाँ अपडेट, क्र्याश हुने समस्या समाधान हुने दावी

काठमाडौं ।

स्न्यापच्याटको आईओएस भर्सनमा एप खोल्नासाथै क्र्याश हुने समस्या अब समाधान हुने भएको छ।

कम्पनीका अनुसार एप स्टोरमा नयाँ अपडेट उपलब्ध भएसँगै अब उक्त समस्या दोहोरिने छैन।

आईओएसमा देखिएको यस्तो क्र्याश हुने समस्या एपको एन्ड्रोइड भर्सनमा भने देखा परेको छैन।

एक यूजरले यो एपको अत्याधुनिक भर्सन ११.३४.१.३५ अपडेट गर्नुअघि आफ्नो आईफोन १२ मा क्र्याश हुनुअघि ‘समथिङ वेन्ट रङ’ भन्ने मेसेज आउने गरेको बताएका छन्।

उनका अनुसार यो नयाँ भर्सन अपडेटपछि उक्त समस्या दोहोरिएको छैन।

स्न्यापच्याट सपोर्टको ट्विटर एकाउन्टमा यो समस्याका बारेमा केही पिन गरिएका ट्वीटबाहेक कम्पनीले यो समस्या समाधानबारे कुनै अपडेट राखेको छैन। तर कम्पनीको उत्पादन विभागका वरिष्ठ उपाध्यक्षले भने आफ्नो एकाउन्टमा उक्त समस्या समाधान भएको ट्वीट गरेका छन्।

उनले आफूहरुले परीक्षण गर्दा समस्या समाधान भएको पाएको र यूजरहरुको फोनमा यो अपडेट आफैं डाउनलोड नभएको खण्डमा एप स्टोरमा रहेको प्रोफाइल फोटो क्लिक गरेर रिफ्रेश गर्न पनि सुझाव दिएका छन्।

प्रकाशित: १५ असार २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार