
काठमाडौं ।
निकोनले आफ्नो अत्याधुनिक जेड सिरिज मिररलेस क्यामरामार्फत् रेट्रो अनुभवलाई पुनर्ताजगी गर्ने भएको छ।
कम्पनीले जेड एफसी नाम दिइएको यो नयाँ मिररलेस क्यामरा आफ्नो १९८० को दशकमा प्रख्यात भएको एफएम२ नामको रिल हाल्ने एसएलआर क्यामराको झल्को दिने गरी बनाइएको बताएको छ।
कम्पनीले १९८० कै दशकमा एफएम२ एसएलआर क्यामरामा आधुनिक क्यामराहरुमा झैं डेडिकेटेड शटर स्पीड, आईएसओ तथा एक्सपोजर डायलहरु दिएको थियो।

कम्पनीले यस्तो रेट्रो डिजाइनमा आधुनिक क्यामरा ल्याएको यो पहिलोपटक भने होइन।
यसअघि सन् २०१३ निकोन डीएफ नाम गरेको फुल फ्रेम डीएसएलआर क्यामरालाई कम्पनीले रेट्रो डिजाइनमा प्रस्तुत गरेको थियो। तर डीएफको साइज आफू प्रभावित भएका क्यामराहरुभन्दा निकै ठूलो थियो।
निकोन जेड एफसीमा २०.९ मेगापिक्सेलको एपीएस-सी सेन्सर दिइएको छ। मिररलेस क्यामरा भएकाले यसमा एसएलआरमा हुने ४५ डिग्रीको पेन्टाप्रिज्म भने उपलब्ध छैन।
यसले क्यामरालाई निकै कम्प्याक्ट बनाएको छ र झट्ट हेर्दा यझ सन् १९८० को दशकको एफएम२ जस्तै देखिन्छ।
प्रकाशित: १५ असार २०७८, मंगलवार