
काठमाडौं ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धकहरूले आफ्ना ग्राहकलाई यही असार मसान्तभित्रै आफ्नो हितग्राही (डिम्याट) खाता र मेरो सेयर सेवा लिएको एक वर्षभित्र सेवाबापतको शुल्क नवीकरण गर्न सूचना जारी गरेका छन् ।
ग्राहकले जुन कम्पनीबाट डिम्याट जारी भएको छ सोही कम्पनीमा गएर वा कम्पनीले तोकेका बैङ्क र तीनका शाखामार्फत सेवा शुल्क नवीकरण गर्नसक्ने जनाएका छन् ।
यसबाहेक आईएमई पे, ई–सेवा, कनेक्ट आईपीएस वा ई–बैङ्किङ सेवामार्फत सेवा शुल्क भुक्तानी गर्न सकिने जनाएका छन् । डिम्याट खाता नवीकरण शुल्क एक सय रुपियाँ तोकिएको छ ।
असार मसान्तभित्र खाता नवीकरण नगर्ने हितग्राहीको खाता फ्रिज गरिने कम्पनीहरूले जारी गरेका सूचनामा उल्लेख छ ।
प्रकाशित: १५ असार २०७८, मंगलवार