एक्सबक्सका क्लाउड गेमिङ अब आईओएस र डेस्कटपमा पनि उपलब्ध हुने

  • Technology Khabar | १५ असार २०७८, मंगलवार
एक्सबक्सका क्लाउड गेमिङ अब आईओएस र डेस्कटपमा पनि उपलब्ध हुने

काठमाडौं ।

माइक्रोसफ्टले अब एक्सबक्सका क्लाउड गेमिङ आईओएस र डेस्कटपमा पनि उपलब्ध हुने घोषणा गरेको छ।

वेबमार्फत् हुने यो सेवा विश्वका २२ देशमा रहेका एक्सबक्स गेम पास अल्टिमेट सर्भिस लिएकाहरुका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ।

यो सेवाका लागि माइक्रोसफ्ट एज, क्रोम वा सफारी ब्राउजरमार्फत् आईफोन, आईप्याड, म्याक वा पर्सनल कम्प्युटरबाट एक्सबक्सको वेबसाइट xbox.com/play मा लग इन गर्नुपर्छ।

यो सेवा उपलब्ध २२ देशका पहिले नै यो सेवा अर्थात् गेम पास अल्टिमेट सब्सक्राइब गरिसकेकाले तुरुन्तै नै १०० भन्दा बढी गेम खेल्न शुरु गर्न सक्नेछन्।

यी गेमहरु क्लाउडमा रहेका कस्टम एक्सबक्स सिरिज एक्स हार्डवयरमा चल्ने र ६० फ्रेम प्रति सेकेन्डका हिसाबले १०८० पिक्सेल रेजोल्युशनसम्म स्ट्रिमिङ हुने माइक्रोसफ्टले बताएको छ।

यी गेमहरु ब्लूटूथ एक्सबक्स वायरलेस तथा अन्य सपोर्ट गर्ने कन्ट्रोलरहरु प्रयोग गरेर खेल्न सकिनेछ। मोबाइलका हकमा भने ५० भन्दा बढी नाममा उपलब्ध कस्टम टच कन्ट्रोलको प्रयोग गर्न सकिनेछ।

हाल यो सेवा अस्ट्रिया, बेल्जियम, क्यानडा, चेकिया, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, हंगेरी, आयरल्यान्ड, इटली, कोरिया, नेदरल्यान्ड्स, नर्वे, पोर्चुगल, पोल्यान्ड, स्लोभाकिया, स्पेन, स्विडेन, स्विजरल्यान्ड, बेलायत तथा अमेरिकामा उपलब्ध रहेको छ।

प्रकाशित: १५ असार २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • १५ असार २०७८, मंगलवार

NOC from Nagarik App

  • १५ असार २०७८, मंगलवार

E-pension verification system launched

  • १५ असार २०७८, मंगलवार