
काठमाडौं ।
यदि तपाइँको बच्चा घरमा पनि अनलाइन खेल खेल्छ भने तपाईँ धेरै सावधान हुनुपर्छ। पछिल्ला दिनहरूदेखि, अनलाइन गेमिङ्गको कारण, बैंक खाताबाट पैसा खाली हुने समाचार लगातार आईरहेका छन्।
त्यस्तै अर्को घटना भारतको छत्तीसगढ़को कांकेरमा भएको छ । जहाँ अनलाईन गेमिङका कारण एक महिलाको बैंक खाताबाट साढे तीन लाख भारु अर्थात करिब ५ लाख १५ हजार रुपैयाँ हराएको छ। यो पैसा महिलाको १२ बर्षे छोराले खेलमा भएका अपडेटहरूसँगै हतियारहरू किन्नको लागि खर्च गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।
वास्तवमा, जब एक महिला कांकेरमा एउटा एटीएम रकम झिक्न पुगेकी थिइन, त्यसबेला उनलाई थाहा भयो कि उनको खातामा भारु ९ मात्र बाँकी रहेको थियो र त्यसपछि उक्त महिलाको होशोहवास गएको थियो । त्यसपछि, उक्त महिलाले प्रहरीमा रकम हराएको र उनीसँग अनलाइन फ्रड भएको उजुरी गरेकी थिईन्। यद्यपि उक्त महिलाले आफूले न त कुनै सन्देश पाएको न त ओटीपीमार्फत खाताबाट पैसा घटाएको जानकारी नै पाएको बताएकी थिईन्। त्यसपछि पुलिसलगायत बैंकका कर्मचारीहरू पनि छक्क परे कि कसरी पैसा ओटीपी बिना कटौती भयो ?
यसपछिको अनुसन्धानमा मार्च ८ देखि जुन १० सम्ममा ३ लाख २२ हजार भारु महिलाको खाताबाट निकालिएको पत्ता लाग्यो। अनलाइन गेम खेल्ने र गेमको स्तर अपग्रेड गरेको कारण खाताबाट यो रकम कटौती गरिएको अनुसन्धानमा पत्ता लागेको थियो।
महिलाको १२ बर्षे छोरासँग सोधपुछ गर्दा उनले अनलाइन गेम फ्री-फायरको लत लागेको बताएका थिए। ‘खेलको बारेमा पूर्ण रूपमा पागल भएपछि मलाई यो खेलको हतियार किन्न मन लाग्यो र आमाको मोबाइल नम्बर बैंक खातामा लिंक गरेर कारोबार गर्न थालें,’ उनले भनेका थिए ।
प्रकाशित: १५ असार २०७८, मंगलवार