नेपाल बैंकले शुरु गर्यो क्रेडिट कार्ड सेवा

  • Technology Khabar | १४ असार २०७८, सोमबार

काठमाडौं ।

नेपाल बैंक लिमिटेडले क्रेडिट कार्ड सेवाको शुरु गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष मधु कुमार मरासिनीले बैंकका ग्राहक निर्मल प्रधानलाई क्रेडिट कार्ड हस्तान्तरण गर्दै क्रेडिट कार्ड सेवाको शुरु गरेका हुन्।

यस सुविधा अन्तर्गत क्रेडिट कार्ड सेवाको न्यूनतम सीमा रु.२० हजारदेखि अधिकतम सीमा रु.५ लाख कायम गरिएको बैंकले जनाएको छ।

भिसा इन्टरनेसनलसँगको आवद्धतामा सञ्चालनमा ल्याइएको क्रेडिट कार्ड सेवाको प्रयोग पोस, एटिएम टर्मिनल तथा अनलाइन प्रणालीमार्फत विभिन्न वस्तु तथा सेवा भुक्तानीमा प्रयोग गर्न सकिनेछ।

स्वीकृत कर्जा लिमिटको १० प्रतिशतसम्म बैंक तथा भिसा इन्टरनेशनलमा आवद्ध बैंकहरुको एटिएम टर्मिनलबाट नगद भुक्तानी समेत लिन सकिने बैंकले जनाएको छ ।

यो कार्डको प्रयोग नेपाल लगायत भारत र भुटान समेतमा प्रयोग गर्न सकिने भएबाट यसको उपयोगले लक्षित वर्गको भुक्तानी प्रणालीमा सहजता पुर्याउने विश्वास बैंकले व्यक्त गरेको छ ।

क्रेडिट कार्ड सेवाको प्रारम्भले डिजिटल प्रविधि मार्फत बैंकको ग्राहक सेवामा नेपाल बैंक थप एक कदम अगाडी आउन सफल भएको अध्यक्ष मरासिनीले बताए।

प्रकाशित: १४ असार २०७८, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार