फोनपे ‘रिफर एण्ड अर्न’ अफर योजना, एक लाख रूपैयाँसम्म जित्न सकिने

  • Technology Khabar | १४ असार २०७८, सोमबार
फोनपे ‘रिफर एण्ड अर्न’ अफर योजना, एक लाख रूपैयाँसम्म जित्न सकिने

काठमाडौं ।

फोन पे पेमेन्ट सर्भिसले ‘रिफर एण्ड अर्न’ अफर ल्याएको छ। यस अफरमा ‘फोन पे अफर एप’ मा भएको ‘युनिक रिफरल कोड’ प्रयोग गरेर रिफर गर्दा २५ सय सम्मको रिवार्ड प्वाइन्ट जित्न सकिनेछ।

साथै दैनिक सबैभन्दा बढि रिफर गर्नेले एकहजार रूपैयाँ प्राप्त गर्नेछन् । यस योजनामा २०७८ असार ३१ गतेसम्म सबैभन्दा बढि रिफर गर्नेले १० हजार रुपैयाँ र यस योजनाको बम्पर उपहारमा तीनजनाभन्दा बढिलाई रिफर गर्नेमध्येबाट गोला प्रथामार्फत एकजनाले १ लाख रुपैयाँ प्राप्त गर्नेछ।

कम्पनीको अनुसार अफर एपबाट रिफर गर्नका लागि ‘फोनपे अफर एप’ डाउनलोड गर्नुपर्नेछ। यो एप डाउनलोड गरि लगइन गर्नेहरू मध्ये एक जनाले आइफोन १२ जित्नेछ।

फोनपे अफर एपमार्फत च्यालेन्ज एसेप्ट गरि विभिन्न किसिमका भुक्तानी गर्दा दैनिक एक हजार र साप्ताहिक रूपमा २ हजार रूपैयाँ जित्न सकिनेछ।

फोनपे अफर एपमा विभिन्न व्यवसाय तथा मर्चेन्टले दिएका अफर तथा छुटहरूबारे जानकारी पाउन सकिन्छ । फोनपे अफर एपमा भुक्तानी गर्दा पाएको रिवार्ड प्वाइन्टबाट विभिन्न सामानहरू पनि किन्न सकिन्छ।

एक करोड ३० लाखभन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढि भुक्तानी सेवा प्रदायकका मोबाईल एप्समार्फत यसले सेवा प्रदान गर्दै आएको छ। फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसीआइ डिएसएस भि थ्रि-टु-वान प्रमाणीकरण प्राप्त संस्था हो ।

प्रकाशित: १४ असार २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार