वनप्लस नर्ड२ फाइभजी डाइमेन्सिटी १२०० चिपसेटसहित आउने

  • Technology Khabar | १४ असार २०७८, सोमबार

काठमाडौं ।

वनप्लसले आगामी जुलाइमा वनप्लस नर्ड२ फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने हल्ला चलिरहेको छ। यो गत वर्ष यसै महिनामा सार्वजनिक गरिएको वनप्लस नर्डको निरन्तरताका हिसाबले ल्याइने बुझिएको छ।

डाइमेन्सिटी १२०० मिडियाटेकका हालसम्म उपलब्ध चिपसेटमध्ये अत्याधुनिक र शक्तिशाली चिपसेट हो।

वनप्लस नर्ड२ फाइभजी हालै एआई बेन्चमार्कमा डी१२०० चिपसेटसहित देखा परेको छ।

उक्त एआई बेन्चमार्क अनुसार वनप्लस नर्ड२ फाइभजी मा डाइमेन्सिटी १२०० चिपसेट, ८ जीबी र्याम तथा एन्ड्रोइड ११ अपरेटिङ सिस्टम रहेको पुष्टि भएको छ। यसअघिको वनप्लस नर्डमा भने स्न्यापड्रागन ७६५जी चिपसेट रहेको थियो।

यसबाहेक ९० हर्ज रिफ्रेश रेट सहितको ६.४३ इन्चको फुल एचडी+ एमोलेड डिस्प्ले, इन-स्क्रीन फिंगरप्रिन्ट स्क्यानर तथा ४५०० एमएएचको ब्याट्री रहनेछ।

साथमा पछाडि ५० मेगापिक्सेलको सोनीको आईएमएक्स ७६६ मुख्य क्यामराका साथै ८ मेगापिक्सेलको अल्ट्रावाइड र २ मेगापिक्सेलको म्याक्रो सेन्सर रहनेछ।

सेल्फीका लागि ३२ मेगापिक्सेलको शूटर दिइएको छ।

प्रकाशित: १४ असार २०७८, सोमबार

तपाइको प्रतिक्रिया