नबिल इन्भेष्टमेन्ट बैंकिंङ्गबाट निःशुल्क अनलाईन डिम्याट खाता खोल्न सकिने

Technology Khabar १३ असार २०७८, आईतवार

काठमाडौं ।

नबिल इन्भेष्टमेन्ट बैंकिंङ्गबाट निःशुल्क डिम्याट खाता खोल्न सकिने भएको छ । कम्पनीले शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताको लागि असार मसान्तसम्म निःशुल्क अनलाईन डिम्याट तथा मेरो शेयर खाता खोल्ने सुविधा संचालनमा ल्याएको हो ।

कम्पनीले अनलाइन मार्फत यो सेवा स‌ंचालन गरिरहेको छ ।

ग्राहकको सम्पूर्ण जानकारीहरु रेफरेन्स नम्बरबाट खोज्न सकिने भएकोले यसरी खाता खोलेपछि प्राप्त हुने रेफरेन्स नम्बर खातावालाले सुरक्षित राख्नु पर्नेछ ।

कम्पनीको अनुसार यसरी आफुले अनलाईनबाट डिम्याट खाताको लागि अनुरोध गरेको केही समयभित्र ग्राहकलाई खाता नम्बर उपलब्ध गराईने बताएको छ ।

यसरी प्राप्त हुने निःशुल्क डिम्याट सेवा केवल अनलाईनबाट खाता खोल्नेहरुको लागि मात्र लागु हुने कम्पनीले जनाएको छ।

यस सेवा लिनको लागि ग्राहकले कम्पनीको वेबसाईट मा गई अनलाई डिम्याट भित्र http://onlinedemat.nabilinvest.com.np मा क्लिक गरी खाता खोल्न सक्नेछन् ।

प्रकाशित: १३ असार २०७८, आईतवार

तपाइको प्रतिक्रिया