भर्जिन ग्यालाक्टिकले पायो अन्तरिक्षमा यात्रुहरु लैजाने अनुमति

  • Technology Khabar | १२ असार २०७८, शनिबार
भर्जिन ग्यालाक्टिकले पायो अन्तरिक्षमा यात्रुहरु लैजाने अनुमति

काठमाडौं ।

अर्बपति रिचर्ड ब्रानसनको अन्तरिक्ष कम्पनी भर्जिन ग्यालाक्टिकले शुक्रवार अमेरिकी सेनाको हवाई उड्डयन सुरक्षा नियामकबाट मानिसहरुलाई अन्तरिक्षमा उडान गर्न अनुमोदन प्राप्त भएको बताएको रोयटर्सले उल्लेख गरेको छ।

संघीय उड्डयन प्रशासन (एफएए) बाट अनुमोदन ब्रान्सनको लागि महत्वपूर्ण समयमा आएको छ किनभने उनको अन्तरिक्ष उद्यमले अमेजन डट कमका संस्थापक जेफ बेजोसको ब्लू ओरिजिन र टेस्ला इंकको मालिक इलन मस्कको स्पेसएक्सको बिरूद्ध प्रतिस्पर्धामा छ।

बेजोस, ब्रान्सन र मस्कले आफ्ना रकेट स्टार्टअपमा अर्बौं डलर लगानी गरिरहेका छन्।

प्रतिद्वन्द्वी अर्बपति बेजोसलाई अन्तिम सीमानामा हराउनको लागि आफैँ पनि अन्तरिक्षमा उड्न लागेका ब्रानसनले सफल परीक्षण उडानको एक महिनापछि ग्रीन सिग्नल पाएको हो।

गत महिना भर्जिन ग्यालेक्टिकले न्यू मेक्सिकोको नयाँ घरेलु स्थलबाट मे महिनामा पहिलो मानवयुक्त अन्तरिक्ष उडान पूरा गरिसकेको छ । जसमा यसको स्पेसशिप टू क्राफ्ट आफ्नो दुई पायलटहरूको साथ सुरक्षितरुपमा रनवेमा अवतरणको भएको थियो।

कम्पनीले भनेअनुसार यससँग ९० मिनेटको उडानका लागि६०० भन्दा बढी रिजर्भेसनहरू रहेका छन् जसमा धेरै मिनेटसम्म वेटलेसनेस अर्थात तौल घट्ने अनुभव पनि समावेश हुनेछ, जुन टिकटको मूल्य २ लाख ५० हजार डलर तोकिएको छ।

यसको असर कम्पनीको कम्पनीको सेयरमा सकारात्मक परेको छ। सेयर एकै दिन ४० प्रतिशत सम्म बढेको जून यस वर्षको फेब्रुअरीपछि मूल्यमा दोब्बर भन्दा बढीले उच्च हो।

प्रकाशित: १२ असार २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार